साप्ताहिक संवाददाता
पुरानो बानेश्वरबाट बत्तीसपुतलीतर्फ लाग्दा देब्रेपट्टी पर्ने एसबीआई बैंकको गल्लीमा अवस्थित अर्गानिक चुल्हो रेस्टुराँले क्रिसमसका अवसरमा आफ्ना अर्गानिक परिकारहरूमा विशेष छुटको व्यवस्था मिलाएको छ ।
क्रिसमस विककै रूपमा यो साताभर क्रिसमस मनाउने निधो गरेको अर्गानिक चुल्होले यो क्रिसमसमा अर्गानिक परिकार तथा मदिरा पस्कने भएको छ जसमा जुम्लामा उत्पादित एप्पल ब्रान्डी र यार्सागुम्बा ह्वीस्की पिएर शरीर तताउन पाइनेछ भने स्न्याक्समा रोजाइ अनुरूप मटन खाजा सेट, लोकल कुखुराको छोएला, लोकल कुखुराको पिरो चिकेन र भेजमा जिम्बु आलु अर्डर गर्न सकिनेछ ।
स्न्याक्स र ड्रिंक्सपछि विश्वकै उच्च भू–भागमा उत्पादित कालोमार्सी चामलको खाना सेटले एउटा बेग्लै स्वाद प्रदान गर्छ । खाना सेटमा कालोमार्सी चामलको भात, जुम्लाको सिमीको दाल, लोकल कुखुराको झोल, साग, घ्यु, मोही, अकबरे खुर्सानीको अचार आदि उपलब्ध हुन्छ भने खानापछि क्रिसमस डेजर्टमा त्यही उत्पादित फ्रुट केक खान सकिन्छ । यो विकेन्ड र क्रिसमस इभमा लिने होइन त अर्गानिक खानेकुराको मज्जा ?