साप्ताहिक संवाददाता
पुस ८, २०७४
अन्तर्राष्ट्रिय बक्सिङबाट संन्यास लिएका फ्लोइड मेवेदरले हालै चीन भ्रमणका क्रममा पाण्डा खरिद गरेका छन् । विश्वमै सर्वाधिक आम्दानी गर्ने खेलाडी मेवेदर खर्चको मामिलामा पनि माहिर छन् ।
‘मनी म्यान’ को उपनाम पाएका फेवेदरले चीन भ्रमणका क्रममा २७ करोड ६० लाख रुपैयाँ खर्च गरेका थिए । भ्रमणका शिलशिलामा चेङदुस्थित पाण्डा प्रजनन केन्द्र पुगेपछि उनले एउटा पाण्डा खरिद गरेका हुन् ।
पाण्डा खरिद गरेपछि प्रजनन केन्द्रले पाण्डाको स्याहार पुग्दैन भनेर खरिदकर्तालाई दिएर पठाउँदैनन् । खरिदकर्तालाई पाण्डाको प्रतीक तथा सर्टिफिकेट मात्र दिने चलन छ । खरिदकर्ताले पाण्डालाई आफ्नो सन्तानका रूपमा नाम भने दिन पाउँछन् । मेवेदरले उक्त पाण्डाको नाम ‘टिएमटी फ्लोइड मेवेदर’ राखेका छन् ।