साप्ताहिक संवाददाता
नवनिर्वाचित सबै प्रतिनिधिलाई बधाई छ (संघीय संसद्को प्रस्थान बिन्दु) । अब सबै मिलेर देश बनाउनुपर्छ । पार्टीभन्दा माथि उठेर देशलाई प्राथमिकतामा राख्नुपर्छ ।
अनिल पाण्डे
बुद्ध नेपालमा जन्मिनुभएको हो (बुद्ध कहाँ जन्मिएका थिए ?), नेपालको लुम्बिनी अञ्चलको कपिलवस्तुको तौलिहवामा— यसमा कुनै शंका छैन ।
सन्तोष घिमिरे, वासु सिंह, बाबुराजा खड्गी, नेपाल माझी
अधिकारी रवीन्द्रको विचारसँग सहमत छु (समय सन्दर्भ : अब पार्टीभन्दा देश माथि) । विगतका सबै तीता–मीठा कुरा भुलेर अघि बढ्नुपर्छ । नेताहरू भाषणमा मात्र सीमित हुनु हुँदैन । बाँडिएका सबै आश्वासन पूरा गर्नुपर्छ । जनताले देखिने गरी ठोस परिवर्तन चाहेका छन् ।
तारा खत्री
राजकुमार ह्यारीको कथा रोमाञ्चक लाग्यो (राजकुमार ह्यारीको ब्लाइन्ड लभ) । ठूलो घरमा जन्मिएर पनि उनी सामान्य नागरिक जस्तै लाग्छन् ।
सन्जय काफ्ले
आफूले चाहेकै बेला सबै थोक कहाँ भेटिन्छ र (युवा मन : नगरेको भए हुन्थ्यो) ? चाहेको कुरा प्राप्त गर्न खोज्नु त मानवीय स्वभाव नै हो । जिन्दगीमा कतिपय कुरामा गल्ती गरिएजस्तो लागे पनि हरेक कुराले कुनै न कुनै पाठ सिकाइरहेकै हुन्छन् ।
उमेश पराजुली
समिद कतिला श्रेष्ठको जवाफ मीठो लाग्यो (यात्रा सन्दर्भ : समिद कतिला श्रेष्ठसँग एक बिहान) । शशि कपुरको फेरि–फेरि निधन हुँदैन । समिदको जीवनशैली बिन्दास खालको रहेछ । स्वास्थ्य चेतना फैलाउन उनले आफ्ना ठाउँबाट पहल जारी राखून् ।
सन्तोष भट्टराई
सरकारको नयाँ संरचनासम्बन्धी बालानन्द पौडेलको अन्तर्वार्ताले केही कुरा बुझायो (अन्तर्वार्ता : प्रदेश राजधानीका लागि सातवटा नयाँ सहर विकास गर्नुपर्छ) । केन्द्र प्रदेश तथा स्थानीय निकायबीच अधिकार बाँडफाँड गर्दा कुनै द्वन्द्व सिर्जना नहोस् ।
राज शाही
नेपालको सन्दर्भमा अविरल थापाले उठाउनुभएको कुरा एकदमै सान्दर्भिक छ (मुक्त आकाश : भात खानुभो ?) । लामो समयदेखिको बानीका कारण होला, अरू कुरा रुच्दैन । भातमा हाम्रो बानी बसिसकेको छ ।
बन्दना श्रेष्ठ
जनतालाई बुझाउने सजिलो माध्यम नै रंगमञ्च हो (रंगमञ्च : बार्दलीको छेउबाट) । इन्टरनेटको पहुँच नभएका ठाउँमा जनचासोका विषयमा नाटककै माध्यममा बुझाउन प्रयत्न गर्नुपर्छ ।
चेतन ठकुरी
आफ्नो मताधिकार प्रयोग गर्नुभएकोमा सबै कलाकारलाई बधाई (निवार्चनमा मतदान गर्दै कलाकार) । बेलाबेला जनप्रतिनिधिहरूले गरेको कामको निगरानी पनि गरिरहनुपर्छ ।
शरद भुसाल, बुटवल
अन्जु पन्तले क्यारिकेचर गर्ने कुरा मेरो जानकारीमा थिएन (मेरो सेक्रेट : नेताको क्यारिकेचर गर्न सक्छु) । महोत्सव तथा अन्य कार्यक्रमहरूमा पनि उहाँमा अन्तरनीहित यो कलाबाट परिचित हुन पाइएको छैन । अबका कार्यक्रमहरूमा अन्जुको क्यारिकेचर सुन्न पाइयोस् ।
श्रीजा पाण्डे, पोखरा
आफूलाई मन परेको भूमिका छनौट गरेकैले बिपिनले उत्कृष्ट अभिनय गर्न सकेका हुन् (विपिनको नाटक) । यदि पैसा मात्र हेरेका भए उनी त्यति सफल हुन सक्दैनथे ।
सञ्जीव बगाले, चितवन
चर्चामा आउन कुनै न कुनै फन्डा गरिरहनु धेरैजसो सेलिब्रेटीको बानी नै हो (हराएकी सुष्मा) । सुष्माले पनि त्यो कला रामैसँग जानेकी छिन् ।
नीरज पुडौसैनी