साप्ताहिक संवाददाता
अहिलेको परिस्थितिमा हाम्रो देशका लागि एउटा उचित, विकासशील र स्थिर सरकारको चाहना छ । शान्ता क्लजसँग म त्यही उपहार माग्छु । स्थिर सरकार नभएसम्म हामी कसैको प्रगति होला जस्तो लागेन ।
संयम पुरी, अभिनेता
काठमाडौंको धूवाँ, धूलो र फोहर सबै पचाउन सक्ने क्षमता भएको एउटा मेसिन ।
दीपक आचार्य, अभिनेता
शान्ति, खुसी, माया, इमान्दारिता र सत्यता ।
हरिशा बानियाँ, अभिनेत्री
स्थिर सरकार र दिगो विकास ।
त्रिलोक राना, गायक
म शान्तालाई तपाइँसँग गिफ्ट पाउने व्यक्तिको मुहारको खुसी हेर्न
चाहन्छु भन्थे ।
सौरगंगा दर्शनधारी, चित्रकार
मागेर पनि के उपहार लिनु ? तैपनि प्याज सार्है महँगो छ, बूढी सधैं एक पाउ प्याज लिएर आउनु भनेर कराउँछिन्, त्यसैले एक बोरा प्याज नै माग्थें ।
घनश्याम गौतम, नक्कली प्रचण्ड
म त आफूलाई मन परेकी केटीको फोन नम्बर माग्थें ।
विल्सनविक्रम राई, हास्य अभिनेता
अहिलेलाई चाहिँ हामीले बनाएको चलचित्र हैरान सुपरडुपर हिट होस् भनेर माग्थें ।
गम्भीर विष्ट, कोरियोग्राफर
देशमा सुख–शान्ति होस्, काम गर्ने वातावरण बनोस् ।
भगवती खड्का युनिका, महिला रेसलर
दामी कलरबक्स ।
उपकार घमाल, चित्रकार
एउटा यस्तो साँचो माग्छु जसलाई खोल्नेबित्तिकै काठमाडौं सहर सफा सुन्दर र हराभरा होस् जहाँ सुख शान्ति होस गरिबी हटोस्, शान्तिको सास फेर्न सकियोस् ।
सिर्जु बराल, मोडल
अचेल मनमा अशान्ति फैलिएको छ, त्यसलाई शान्त बनाइदिनु भनेर माग्थे ।
नरेन खड्का, अभिनेता
डुकाडी मोन्स्टर, मोडल नम्बर ८२१ ।
जेम्स प्रधान, संगीतकार/गायक
नेपालमा स्थिर सरकार माग्थें ।
चेतन सापकोटा, संगीतकार
मैले बनाएको चलचित्र तिमीसँग मन पराएर हलिउडको कुनै निर्माताले त्यसको अधिकार मागोस् र त्यसलाई अंग्रेजीमा मेरै निर्देशनमा बनाओस् भनेर माग्थे ।
शिशिर राणा, निर्देशक
पाँच वर्षीय स्थिर सरकार ।
श्यामप्रसाद पौडेल, समाजसेवी
मेकअपका अत्याधुनिक सामाग्रीहरूका साथ राम्रो मेकअप गर्न सक्ने ज्ञान माग्थे ।
अमृत मरहट्टा, मेकअप आर्टिष्ट
सबैलाई सुख–शान्ति प्राप्त होस् ।
जेनी राणा, मोडल
साँच्चै, को हो शान्ता क्लज ?
सुशील पोखरेल, चलचित्र निर्माता