साप्ताहिक संवाददाता
हात्ती आयो, हात्ती आयो— फुस्सा ।
दिलीप मगर
कसैले पनि भ्रष्टाचार नगरून् । जनताको यही आग्रह छ ।
मदन
यसपटक सम्पत्ति विवरण सार्वजनिक गर्दा को रहेछ सबैभन्दा गरिब ? त्यही हेर्न मन छ ।
सागर थ्रीस्टार
द्रुत गतिमा विकास होस् । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरामा सर्वसाधारणको पहुँच पुगोस् ।
सदन
खासै नयाँ केही हुनेवाला छैन । मान्छे फरक भए पनि प्रवृत्ति भने उस्तै हो । प्रचण्ड र ओलीको खुट्टा तानातान हेर्नु नपरे हुन्थ्यो ।
सुशील पौडेल
झूटो बोलेर जनता ढाँट्ने काम कसैले नगरून् । मक्ख बनाउने काम मात्र नहोस् ।
कविराज सिटौला
धर्म बेच्ने, देश बेच्ने, सेना बेच्नेहरूको के कुरा गर्नु ? जनतालाई भेडा–बाख्रा नठानून् त्यही हो ।
विष्णु ठाकुर
व्यक्तिगत स्वार्थमा कोही नअल्झिऊन् । देशको हित र स्वार्थमा सबैले ध्यान दिऊन् । वृद्ध भत्ताको कुरा मात्र नगरून् ।
प्रल्हाद
खासै परिवर्तन हुनेछैन । डनहरूलाई उल्टै प्रहरीले सहयोग गर्नुपर्ने समय आउँछ ।
सुरेश उपाध्याय
रोजगारी, रोजगारी अनि रोजगारी । यही अपेक्षा छ ।
जनम थापा
भ्रष्टाचारको अन्त्य होस् ।
देवेन्द्र सन्ज्याल
केही पनि अपेक्षा छैन । आशा गर्ने ठाउँ पनि छैन ।
ह्याप्पी कँडेल
झिनो आशाचाहिं छ ।
आकाश लिम्बू
देशमा बेरोजगारीको समस्या छ । यसको अन्त्य होस् ।
अविरल आशिष
शिक्षामा बढी जोड दिनुपर्यो । जुन देशको शिक्षा राम्रो हुन्छ ती देशहरू विकसित हुन्छन् । बढी पढेको भन्दा पनि अनुभवी शिक्षक आजको आवश्यकता हो ।
प्रकृतिप्रेमी प्रथम
स्वास्थ्य संस्थामा सहज पहुच, नि:शुल्क गुणस्तरिय शिक्षा, गुणस्तरीय सडक सञ्जाल, बिजुली बत्ती, गुणस्तरिय दूरसञ्चार सेवा, स्वच्छ पिउने पानी तथा सबैलाई रोजगारीको समान अवसर ।
दिलु घर्ती
देशमा कमाउने सहज वातावरण चाहिन्छ । राम्रा नीति–नियम बन्नुपर्यो । हस्तकला निर्यात वृद्धि हुनुपर्यो ।
भाजु जुनी बज्र
स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूले नै सबै काम गरेर देखाइसके, अपेक्षा गर्नुपर्ने केही बाँकी छैन ।
नवराज ढुंगाना
नेपाली जनता अझै पनि गरिबीको चपेटामा छन् । सरकार थप संसद् र सांसद खडा गरी तलब–भत्तामै देशको ढुकुटी रित्याउँछन् । अब पनि केही हुनेवाला छैन ।
इभोल
देशमा शान्ति सुव्यवस्था, खानेपानी, सडक, यातायात आदिको विकास गरी भ्रष्टाचारको अन्त्य होस् ।
सुन्दर अधिकारी
देशमा बन्द–हड्ताल नहोस् । शान्त तरीकाले गरिखान पाइयोस् । खेलकुदलाई प्राथमिकता दिइयोस् ।
ऋषिराज
अरू के नै गर्न सकिन्छ र ? हामीजस्ता स्वतन्त्र जनताले ? पार्टीका कार्यकर्ता अनि आसेपासेहरूले मात्र हो व्यक्तिगत आशा राख्ने । हामीलाई अरू केही दिनु पर्दैन, मात्र देश विकास अनि शान्ति भए हुन्छ ।
नवीन
सरकार चलाउने नेताहरू पहिले आफ्नै परिवार, त्यसपछि आसेपासे, नातागोता तथा इस्टमित्रहरूको भलोमै व्यस्त हुन्छन् अनि अलिकति समय बच्यो भने कर्मचारीको तलब वृद्धि गर्छन् । लाटासोझा जनताका छोराछोरी खाडितिर पस्न बाध्य छन् । यो क्रम रोकियोस् ।
डम्बर बुढाथोकी
देशलाई खाल्टोमा हाल्ने आँकलन गरिएको छ, के अपेक्षा गर्नु ?
सुशील थापा