साप्ताहिक संवाददाता
पुस ११, २०७४
जाडोमा न्यानोका लागि तातो सुप तथा झोल कुरा प्रशस्त मात्रामा खानुपर्छ ।
यतिबेला हट लेमन वा तुलसी, ज्वानो, नुन तथा बेसार हाली पकाइएको पानी सेवन गर्न सकिन्छ ।
यो मौसममा भिटामिन सीयुक्त खानेकुराहरू जस्तै अमला, अम्बा, सुन्तला, मौसम, कागती, मेवा, लट्टेको साग, बन्दा, पालुङ्गो, चुकन्दर आदि खानु फाइदाजनक हुन्छ ।
जाडोमा कतिपयले तातोका लागि चना, सानो केराउ, चामल, मुंग, भटमास, ज्वानो, नुन, चना तथा गहुँ मिसाएर पिसिएको सातुको सूप पनि सेवन गर्छन् ।
यो सातूलाई थोरै घिउमा पकाएर पानी तथा नुन हाली तयार पार्न सकिन्छ । यो सातुको सुप खाँदा न्यानोका साथै पर्याप्त पोषण समेत प्राप्त हुन्छ ।