साप्ताहिक संवाददाता
रोटेरियन इन्टरनेसनल डिस्ट्रीक्ट ३२९२ को आयोजनामा संचालन भएको ‘मिष्टर एण्ड मिस रोटर्याक्ट’ मा सुयश तिमल्सिना र सृष्टि शाक्य उपाधि उचाल्न सफल भएका छन् । प्रतियोगितामा रुजेन शाक्य र बन्दना अधिकारी फस्ट रनर अप तथा सन्तोष बाँस्तोला र शोभिका अधिकारी सेकेन्ड रनर अप छनौट भएका छन् ।
देशैभरि संचालन गरिएको प्रारम्भिक चरणको अडिसन त्यसपछि कार्य क्षमता र दक्षता प्रदर्शन गर्ने राउन्ड पछि चयन भएका फाइनलिष्टहरुको तीन दिने बुटक्याम्प प्रशिक्षण पछि फाइनल प्रतिस्पर्धा सम्पन्न गरिएको हो ।
प्रतियोगितामा सुयश तिमल्सिना र काजल झा पपुलर, सन्तोष बाँस्तोला र सनम घिमिरे पर्सनालिटी, रुजेन शाक्य र प्रतिक्षा राजोपाध्याय इन्टेलिजेन्ट विधामा विजेता भएका छन् । यसैगरी पुष्प श्रेष्ठ र बन्दना अधिकारी क्रिएटिभ तथा वाङ डी शेर्पा र सृष्टि महत कन्जिनियालिटी विधामा अब्बल दरिएका छन् ।