मेष
कार्य क्षेत्रको स्वरूप परिवर्तन गर्न तत्परता जाग्नेछ । परिस्थितिले समस्याग्रस्त बनाउन सक्छ । धैर्यपूर्वक सूर्य देवको आराधना गरी पूर्वको यात्रा गरे बाधाहरू स्वत: निर्मूल हुनेछन् । साताको अन्त्यमा नयाँ कामको प्रस्ताव प्राप्त हुन सक्छ ।
वृष
प्रतिष्ठा जोगाउन जीवन शैलीमै परिवर्तन ल्याउन आवश्यक छ । साहसी कार्य गरेर नै अरूको मन जित्न सकिनेछ । ईष्र्या गर्नेहरू पछि लागेको अवस्था छ । भविष्यका लागि विशेष कार्यको जग बसाउन सकिनेछ । तपाईंको शुभ रंग नीलो हो भने दक्षिणतर्फको यात्रा फलिफाप हुनेछ ।
मिथुन
बन्न लागेका कार्य ओझेलमा पर्न सक्छन् । विवेक पुर्याएर लगनशीलतापूर्वक कार्य सम्पन्न गर्नुहोला । प्रेम प्रस्तावमा गम्भीरतापूर्ण निर्णय लिनुपर्ने समय छ । वादविवादबाट टाढा रहँदा नै आफ्नो कल्याण हुनेछ । साताको अन्त्यमा मनोरञ्जक क्रियाकलापमा सहभागी भइनेछ ।
कर्कट
प्रेम जीवनमा उल्झन देखा परे पनि साताको मध्यदेखि समस्या समाधान हुन थाल्नेछ । सामाजिक क्षेत्र गरिएका प्रयासहरूले प्रतिष्ठा बढाउनेछन् । मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न केही ढिलाइ हुनसक्छ । साताको अन्त्यमा अरूका लागि समय, धन तथा बुद्धि खर्चनुपर्नेछ ।
सिंह
शीघ्र निर्णय गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । हितैषीहरूसँग सुझाव संकलन गरी अघि बढे आफू सुरक्षित भइनेछ । सानातिना घरायसी काममा अल्झिए महत्वपूर्ण कार्य छुट्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।
कन्या
मन पराउनेहरू सहयोगी रहनेछन् । उनीहरूको भावनालाई बुद्धिमतापूर्वक ग्रहण गर्न सके फाइदा मिल्नेछ । तपाईंमा परोपकारी भावना प्रबल हुँदैछ । डाहा गर्नेहरू सलबलाउन सक्छन् । अभिभावकको सुझाव अनुरुप चल्न सके प्रतिद्वन्द्वीहरूलाई सहजै परास्त गर्न सकिनेछ । साताको अन्त्यमा यात्रा हुनसक्छ ।
तुला
प्रेमी–प्रेमिकाले विदेश यात्राको प्रस्ताव राख्न सक्छन् । शीघ्र निर्णय गर्न सके कार्य सफल हुनेछ । आफ्नो स्वाभाव परिवर्तन गरी समय अनुकूल हिँड्ने प्रयास गर्नु होला, आर्थिक पक्ष सवल हुँदै जानेछ । साताको अन्त्यमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । खानपानमा विशेष ध्यान पुर्याउनु होला ।
वृश्चिक
प्रेमी–प्रेमिकाले बहुमूल्य उपहार प्रदान गर्दा हर्षले गद्गद भइनेछ । पारिवारिक योजना कार्यान्वयन गर्न कठिनाइ सिर्जना होला । साताको मध्यतिर व्यवसायतर्फ आकर्षित भइनेछ । पहेंला धातुको कारोबार तथा सेयर व्यवसायले राम्रो मुनाफा दिलाउनेछ भने विदेश यात्राको मुहूर्तसमेत जुर्न सक्छ ।
धनु
मन धार्मिक स्थानको भ्रमणतर्फ आकर्षित होला । पारिवारिक खिचातानीले भूमिसम्बन्धी विवाद सिर्जना गर्नसक्छ । सकेसम्म कम बोल्नुमै आफ्नो हित छ । कृषि तथा पशु पालनमा गरिएको लगानी खेर जाने छैन । आर्थिक समस्याले सताउन सक्छ । साताको अन्त्यमा पेटसम्बन्धी समस्याले दु:ख दिनेछ ।
मकर
विपन्न आर्थिक समुदायमा सहयोगी भूमिका निर्वाह गरेर आफ्नो परिचय फेर्न सकिनेछ । आफूले गरेको कार्य सफल भै बधाई थाप्न पाउँदा थप ऊर्जा प्राप्त होला । उपहारका साथ भेट्न आउने मित्रहरूसँग सावधान रहनुहोला । बोलीलाई थप प्रभावकारी बनाउन सेतो रंगको अनुसरण आवश्यक छ ।
कुम्भ
प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्तै होलान् । समस्याहरू सुल्झाउँदै धन एवं प्रतिष्ठा हासिल गर्न सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्ने अवसर छ । तत्काललाई समस्या देखिए पनि आइतबारदेखि प्रगतिको मार्ग पहिल्याउन सहज होला । सप्ताहान्तमा रोजगारीको चिन्ताले सताउन सक्छ ।
मीन
योजनाहरू आंशिक रूपमा सम्पन्न हुनेछन् । प्रेमी–प्रेमिकाको सहयोगले महत्वपूर्ण कार्य पूरा गर्न सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई विशेष फाइदा हुनेछ । शिक्षाप्रेमीहरूका लागि साता सुखद रहनेछ । मनको भय उत्साहमा परिणत होला । मेहनत गर्नसके जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ ।