साप्ताहिक संवाददाता
पुस १४, २०७४
जाडो मौसममा न्यानोका लागि सहरी क्षेत्रमा धेरैले ब्रिकेट ताप्छन् ।
चिसोका कारण झ्याल ढोका बन्द गरेर आगो ताप्दा कोठामा कार्बनडाइअक्साइड तथा कार्बनमोनो अक्साइडको मात्रा बढ्छ ।
उक्त ग्याँस लामो समयसम्म शरीरमा प्रवेश गरे विभिन्न स्वास्थ्य समस्या सिर्जना हुनुका साथै मानिसको मृत्युसमेत हुनसक्छ ।
आगो वा हिटरलाई राम्रोसँग हावा आवत–जावत हुने ठाउँमा प्रयोग गर्नु पर्छ ।
आगो ताप्दा कपडा सम्हालेर बस्नुपर्छ । उठ्दा–बस्दा पर्याप्त ध्यान पुर्याउनु पर्छ अन्यथा आगलागी हुने सम्भावना हुन्छ ।
आगो, ब्रिकेट, हिटर आदि बालबालिकाहरूको पहुँचबाट टाढै राख्नुपर्छ भने प्रयोग गरेपछि तीनलाई बन्द गर्न बिर्सनु हुँदैन ।