साप्ताहिक संवाददाता
नयाँ वर्षमा रमाउने इच्छा सबैको हुन्छ । कोही नाचेर– गाएर रमाइलो गर्छन्, कोही खाएर रमाइलो गर्छन् त कोही पिएर रमाइलो गर्छन् । नाचेर–गाएर रमाइलो गर्नेहरूलाई त शारीरिक स्फूर्ति पनि आउँछ तर खाने–पिउनेहरूको लिमिट नाघेपछि भने ह्याङओभर समेत हुनसक्छ । त्यस्तो बेला टाउको दुख्ने, पेट गडबड हुनेदेखि फुड प्वाइजनसम्म हुन सक्छ । ह्याङओभर भएका बेला शरीरलाई सामान्य बनाउन केही प्राकृतिक उपाय अपनाउन सकिने जनरल मेडिसिनकी चिकित्सक लिन्डा डब्लूले बताएकी छिन् ।
ड्रिंक्सअघि स्न्याक्स
ककटेल पार्टीमा मध्यपान गर्नुअघि टोस्ट वा स्न्याक्स सेवन गर्नु उपयुक्त हुन्छ । यसरी खाएको स्न्याक्सले पेटमा ग्याँस जम्मा हुन दिँदैन ।
पानी पिउने
पेयपदार्थ खाएपछि शरीरले रगतको मात्रालाई सामान्यकृत गर्ने पानी बढी मात्रामा सोस्छ, जसलाई पूरा गर्न अन्य समयको तुलनामा बढी पानी पिउनुपर्छ । यदि शरीरमा पानी कम भए जल विनियोजनसमेत
हुन सक्छ ।
फलफूल सेवन गर्ने
सुप तथा फलफूल खानु उपयुक्त हुन्छ । यसमा स्पट ड्रिक्स, नरिवलको पानी, तरवुजाजस्ता रसिला फलफूलसमेत खान सकिन्छ ।
अदुवा पानीको सेवन
मध्यपानको ह्याङओभर मेटाउने एउटा राम्रो विकल्प अदुवा–पानीको सेवन पनि हो ।
कागती पानी
धेरै नै ह्याङओभर भए कागती पानीको सेवनले तत्कालै रिलिफ दिन्छ । यसले मदिराको नशा काट्नसमेत मद्दत गर्छ ।
आराम गर्ने
धेरै समस्या भएको छ भने कागती पानी वा अदुवा पानी सेवन गरी चिसो पानीले नुहाउनुहोस् र कोठामा गएर सुत्नुहोस ।
बिहानको हावामा टहल्ने यदि रातिको ह्याङओभर बिहानसम्म कायम रहे नित्य कर्मपछि खुला ठाउँमा गएर स्वच्छ हावा लिने अनि सामान्य व्यायाम गर्ने र चिसो पानीले नुहाउने ।