साप्ताहिक संवाददाता
केही मदिरा कम्पनीले आफ्ना नयाँ उत्पादन बजारमा ल्याएका छन् । सन् २०१७ मा वाइनदेखि ब्रान्डीसम्म र ह्वीस्कीदेखि वियरसम्मका नयाँ–नयाँ भेराइटी बजारमा आए जसमा टुबोर्ग क्लासिकदेखि, वल्र्ड मंक र ग्रान्डमास्टर रमसम्म छन् । यस्तै, प्रतिष्ठित मदिरा कम्पनीहरूले पनि ग्राहकलाई सन्तुष्टि दिन नयाँ साजसज्जा, स्वाद र फलेवरसहितका मदिराहरू प्रस्तुत गरेका छन् । सन् २०१८ लाई ‘सेलिब्रेसन’ गर्ने क्रममा बजारमा आएका यस्ता ड्रिंक्सको स्वाद लिन सकिन्छ जसले फरक स्वाद र आनन्द प्रदान गर्न सक्छन् ।
टुबोर्ग क्लासिक
गोर्खा ब्रुअरीले सन् २०१७ मा टुबोर्गको ‘क्लासिक स्ट्रोङ वीथ प्रिमियम स्कच माल्ट्स’ बजारमा उतार्यो । यसमा ६ दशमलव ५ प्रतिशत अल्कोहल छ । ६ सय ५० एमएलको बोतलमा उपलब्ध यो बियर परिवर्तित समयको माग र उपभोक्तको सन्तुष्टिलाई ध्यान दिँदै तयार पारिएको कम्पनीले जनाएको छ ।
ग्रान्डमास्टर रम
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको विजय डिस्ट्रिलरीले ग्रान्डमास्टर रम बजारमा ल्याएको छ । उच्च गुणस्तरीय ग्रान्ड मास्टर रम ७५०, ३७५ तथा १८० मिलिलिटरको स्टाइलिस बोतलमा उपलब्ध छ ।
यतीको अर्ना
यती ब्रुअरीले अर्ना लाइट तथा अर्ना स्ट्रङ्ग गरी दुईवटा वियरमा नेपाली बजारमा उतार्यो । कम्पनीका अनुसार अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो क्यालोरी वियर हो । अर्ना लाइटमा क्यालोरी २० प्रतिशत तथा कार्ब ३४ प्रतिशत छ । ६५० मिलिलिटरको बोतलको अर्ना लाइट र अर्ना स्टङ्गमा क्रमस: ४ दशमलव ६ तथा ६ दशमलव ५ प्रतिशत अल्कोहल छ ।
रकफोर्ट ह्वीस्की
धनुषा डिस्ट्रिलरीले आफ्नो नयाँ उत्पादन रकफोर्ट इम्पोर्टेड रिजर्भ प्रिमियम ह्वीस्की बजारमा उतारेको छ । यो ह्वीस्की ८ वर्ष पुरानो माल्ट र स्कच आयात गरी अन्य विशिष्ट इसेन्सहरूको सम्मिश्रणबाट तयार पारिएको हो । रकफोर्ट ७५० मिलि ३७५ मिलि तथा १८० मिलिका बोतलमा उपलब्ध हुन्छ ।
हिमालयन वाइन
हिमालयन वाइन सन् २०१७ मा नेपाली बजारमा आएको वाइन हो । युरोपमा उत्पादन हुने यो वाइनमा अंगुरसहित केही नेपाली फलफूल समेत प्रयोग गरिएको छ । ह्वाइट, रेड एन्ड रोज गरी तीनवटा कलरमा उपलब्ध यो वाइन हाइजेनिक र स्वस्थकर रहेको उत्पादककर्ताहरूको दाबी छ ।
क्यानभास वाइन
संकटा वाइन एन्ड वेभरेजले सन् २०१७ को दसैंको छेको पारेर क्यानभास वाइन बजारमा ल्याएको हो । स्वीट रेड, ड्राई तथा स्वीट ह्वाइट गरी तीन भेराइटीमा उपलब्ध यो वाइन काभ्रेमा उत्पादन गरिन्छ । ७५० एमएलको बोतलको यो वाइन युरोपियन प्रविधिबाट उत्पादन गरिएको दाबी गरिएको छ ।
लेली वाइन
लाइक नेचुरल वाइन उद्योगले यो वर्ष तीनवटा वाइन लन्च गरेको छ । उद्योगका कार्यकारी निर्देशक विकास खतिवडाले नेपाली स्वाद र नेपाली नामसहित आफूहरूले तीनवटा भेरियसनमा वाइन बजारमा ल्याएको बताए । खतिवडाकाअनुसार लेली स्वीट रेड वाइन, लेली स्वीट ह्वाइट तथा महिलाहरूका लागि स्पेशल लेली स्वीट लेडिज वाइन बजारमा उतारिएका छन् । पार्टी प्याकमासमेत उपलब्ध हुने लाइक नेचुरलका सबै वाइन ७५० एमएलका बोतलमा खरिद गर्न सकिन्छ ।
मेट्स वाइन
आईई फुड एन्ड वेभरेजको वाइन हो— मेट्स वाइन । आईईका कार्यकारी निर्देशक भुलन लाखेका अनुसार यो वाइन पनि ७५० मिलिलिटरको बोतलमा उपलब्ध छ । यो वाइन रेड स्वीटमा मात्र पाइन्छ ।
ओल्ड मंक
न्यू इयरलाई स्वागत गर्ने मुडमा हुनुहुन्छ भने ओल्ड मंक पनि तपाईंको च्वाइसमा पर्न सक्छ । भारतमा उत्पादन हुने मदिराहरूको र्याङ्किङमा ओल्ड मंकले आफूलाई पाँचांै स्थानमा उभ्याएको छ । ७ वर्ष ब्लेन्डेड गरिएको यो मदिराको उत्पादन नेपालमा समेत हुन्छ । ४२ दशमलव ८ प्रतिशत अल्कोहल मिश्रित यो रमको रंग अरूभन्दा गाढा छ भने यसको स्वाद भेनिलाको जस्तो छ । जाडोमा रम पिउने धेरै तरिका भए पनि सोडा–आइस आदि केही नहाली पहिलो सीप लिएर मुखभित्र केहीबेर खेलाउनु हो, त्यसपछि थाहा पाइनेछ– ओल्ड मंकको स्वाद ।