साप्ताहिक संवाददाता
प्रवासमा बसेर पनि साहित्य सिर्जनामा तल्लिन गजलकारको नाम हो – नृपेश उप्रेती । बेलायतमा बसेर बाँच्ने कर्म गर्दै आएका नृपेशको नाम कुनै समय नेपाली सञ्चार क्षेत्रमा पनि चम्लिो नाम थियो । तर, नेपाली सञ्चार क्षेत्र छाडेर गएका नृपेश करिव ३ वर्ष अघि गीत तथा गजल एल्वम लिएर एकाएक सांगीतिक क्षेत्रमा देखा परेका थिए । त्यसयता उनका केहि गीत तथा गजलहरु निरन्तर रुपमा बजारमा आईरहेका छन् । उनै नृपेशले पछिल्लो समय एक नयाँ गजलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
‘नआऊ तिमी सजिएर’ बोलको उक्त रचनामा गायक हिमाल सागरको स्वर रहेको छ । उनका धेरै गीतमा सांगीतिक सहयात्रा गरेका अर्जुन पोख्रेलले नै यो गजलमा पनि संगीत भर्न भ्याएका छन् भने फणिद्र राईको संगीत संयोजन रहेको छ । म्यूजिक भिडियोमा अभिनेत्री सारा श्रीपाली र रवि सिंहले अभिनय गरेका छन् । अर्जुन उप्रेतीले निर्देशन गरेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।
नआऊ तिमी सजिएरको म्यूजिक भिडियो