साप्ताहिक संवाददाता
पुस १८, २०७४
अभिनेत्री सृष्टि श्रेष्ठद्धारा अभिनित चलचित्र ‘लाउरे’ आगामी बैशाख २८ गतेबाट दर्शकले हेर्न पाउँने भएका छन् ।
विक्रमसिंह थारुले निर्देशन गरेको यो चलचित्रमा सुनिल रावल, ईश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले सयुक्त रुपमा लगानी गरेका छन् । गायक नरेन लिम्बुले यहि चलचित्र मार्फत काँचको पर्दामा डेब्यु गर्दैछन् ।
चलचित्रमा नरेन र सृष्टिका साथमा मिरुना मगरले शिर्ष भूमीकामा रहेर अभिनय गरेकी छिन् । आलोक शुक्लाको छायाङ्कन रहेको चलचित्रको पटकथा नेगेटिभ बुद्धले लेखेका हुन् ।