साप्ताहिक संवाददाता
अभिनेत्री केकी अधिकारीको धाराबाहिक सामाजिक चलचित्र‘गाउँकी छोरी’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा केकी आफ्नो समाज र गाउँप्रति सचेत छोरीका रुपमा प्रस्तुत भएकी छिन् ।
उनले राजनीतिप्रति चासो मात्रै दिएकी छैनन् राजनीतिनै गरेको देखाईएको छ । उसोत केकी पर्दा बाहिर पनि देशको राजनीतिप्रति राम्रै झुकाव राख्ने अभिनेत्री मध्येमा पर्छिन् ।
नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र गाउँकी छोरी युट्युबमा केही सातापछि सार्वजनिक हुने बताइएको छ । दीपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको टेलीचलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् ।
‘गाउँकी छोरी’मा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।
गाउँकी छोरीको ट्रेलर :