साप्ताहिक संवाददाता
पुस १९, २०७४
बक्षस्थलको मोह : ४७ वर्षीया एलिग्रा कोलको बक्षस्थल ५४ इन्चको छ । वक्ष स्थल ठूला भएकै कारण उनलाई जुत्ता लगाउन सहयोगीको आवश्यकता पर्छ । पियानोकी शिक्षिका कोल आफ्नो करिअर परिवर्तन गर्दै मोडलिङमा लागिन् । चिकित्सकहरूले वार्षिक १ लाख डलर कमाउने कोललाई कृत्रिम ढंगले बक्षस्थल नबढाउन चेतावनी दिएका छन् ।
हातको कमाल : अस्ट्रेलियाकी डेब रोचको एउटा मात्र हात छ । उनी त्यही एउटा हातले कमाल गर्न सक्छिन् । एउटै हातले पोल डान्स गरेर दुईपटक विश्व विजेतासमेत भैसकेकी रोच अहिले एक क्लवमा पोल डान्स प्रशिक्षकका रूपमा कार्यरत छिन् ।