साप्ताहिक संवाददाता
Pramod Kharel@kharel777
प्रत्यक्षमा धराशायी भएको कांग्रेसले समानुपातिकमा झन्डै–झन्डै एमाले बराबर मत ल्यायो । निष्कर्ष : जनता कांग्रेसको सिद्धान्तबाट विचलित छैनन्, बस नेताको कार्यशैलीदेखि चाहिँ पूरा वाक्क–दिक्क । चुनावको सन्देश : कांग्रेस पार्टी बनाऊ, गठबन्धन देश बनाऊ ।
जूनकीरी@junkiri3
यात्रा जतिसुकै कठिन किन नहोस्, थोरै हिम्मत लिएर अघि बढे गन्तव्य जतिसुकै टाढा भए पनि अत्याश लाग्दैन ।
लक्ष्मण कान्छा@laxman_kanxa
बिहे गरेपछि केटाको प्रगति रोकिन्छ ।
Moon@gitanjali_moon1
सानो हुँदा ‘मेरी आमा, मेरी आमा’ भनेर तानातान गर्ने सन्तानहरू ठूलो भएपछि ‘तेरी आमा, तेरी आमा’ भन्न पछि पर्दैनन् ।
गोर्खाली नानी@kamalapanta
सबै रहर अर्कातिर, ब्वाइफ्रेन्डको बिहेमा जन्ती जाने रहर एकातिर हजुर †
ठकुरी मिरा@thakurimira
जहाँ आफ्नो मान–सम्मान हुँदैन, त्यहाँ बस्नु बेकार हुन्छ । त्यो चाहे कसैको घर होस् वा कसैको मन ।
Dec27@mirmisa1
मैले नबुझेको कुरो— यी छोरा मान्छेहरू कहिले बूढो हुन्छन् ?
prateema@chwtypie1
आउ कान्छु मेरो मुटुभित्र बस, बाहिर जाडो छ । फेरि निमोनियाँले सताउन सक्छ ।
बसु@shrestha266
ग्यास बोक्न परेन अब, जनताको घर–घरमा पाइपलाइन ग्यास जडान हुने भयो ।
माधवप्रसाद चापागाईं@Chapagain_10
जब सम्बन्धमा झूटको खेती सुरु हुन्छ, तब त्यो सम्बन्धले बिस्तारै अन्त्येष्टिको बिन्दु तय गरिसकेको हुन्छ ।
गाजली@suma_rana
जिन्दगीमा ब्वाइफ्रेन्डभन्दा पहिले त वृद्धभत्ता पाइएला जस्तो छ ।
निश्मा तिमिल्सिना@T_Nishma
एक गिलास जुसलाई एक घण्टाभन्दा बढी लगाएर पिउने कला सिर्फ रेस्टुराँमा बस्ने कपलसँग मात्र हुन्छ ।
Stha Pratii@Stha_Pratikxyaa
माया अन्धो हुन्छ भन्थे, हो रै’छ । ऊसँग कुरा गर्दै हिँडेको थेँ, खाल्टोमा खसेछु ।
सुरेश अर्याल@suresharyal10
जाडोको असली पीडा ती केटीहरूलाई हुन्छ, जसलाई तिघ्रा देखाउँदै बजार डुल्ने बानी परेको छ ।
प्रकृतिकी रानी@prakritipaudel8
जब कुनै व्यक्तिले तपाईंलाई आफ्नो समस्या बताइरहेको हुन्छ, तब उसले तपाईंप्रति ईश्वरलाई भन्दा बढी विश्वास गरिरहेको हुन्छ ।
विवेक@crazy_boy_bbk
रूपमा होइन, गुणमा विश्वास गरौं । कालो रंग अशुभ हुन्छ भन्छन् मानिसहरू, तर स्कुलको कालोपाटीले धेरैको जिन्दगी बदलिएको छ ।
अपरिचित यात्री@TheYatree
म फकाउन माहिर थिएँ नि, के गर्नु ? उ रिसाउन च्याम्पियन रै’छ ।
मानुषी@bipana_regmi
दार्ही पाल, कपाल पाल, तर संस्कार कहिल्यै नफाल ।
झरी@jharna_dahal
जमाना पनि कस्तो आयो गाँठे, असल मान्छेको दर्शन पाउन अब ऐना नै हेर्नुपर्ने भो त मैले ?