साप्ताहिक संवाददाता
पुस १९, २०७४
ठूलो पुठ्ठा : अर्थशास्त्रमा स्नातक गरेकी क्रोट्नी बार्निसको मूल पेसा पुठ्ठा हल्लाएर पैसा कमाउने थियो । उनले आफ्नो पुठ्ठालाई आकर्षक र ठूलो बनाउन शल्यक्रिया गरिन् । अमेरिका बाहिर पुठ्ठाको अपरेसन गराउँदा उनको पुठ्ठामा राखिएको पदार्थ नक्कली पर्यो, जसका कारण त्यो उनको अपेक्षाभन्दा धेरै ठूलो ५९ इन्चको हुन पुग्यो ।
कस्तो तन्किने छाला : सारा ग्रियुट्सको शरीरको छाला उमेर अनुसार मुजा परेको होइन । २६ वर्षीया सारामा देखा परेको डर्माटोस्पाराक्सिस रोगका कारण उनको छाला तन्किएको चिकित्सकहरूले बताएका छन् ।