नेपालमा रहेका नेपालीहरुले विभिन्न देशका संस्कार अंगालेर आफ्ना संकृति भूल्दै गएका बेला विदेशमा रहेका नेपालीले भने भव्यताका साथ नेपाली पर्वहरु मनाउँने गरेका छन् । नेपालमा नेपालीहरु अंग्रेजी नयाँमा वर्षमा रुमल्दिै गर्दा हङ्कङमा बसोबास गर्दै आएका नेपालीले एकआपसमा ‘धार्मिक चाड ल्होसार’ भव्यताका साथ मनाएका छन् ।
हङ्कङ स्थित मंकीहिलमा आयोजना गरिएको कार्यक्रममा नेपाल तथा हङ्कङमा रहेका पच्यु, क्ल्ब्री, वोन्पोलम तथा चिवा (धार्मिक गुरु)हरुले धर्म, संस्कार र विधिविधान अनुसार पूजा अर्चना गरेका थिए । ‘तमुहरुको १२ वटा वर्गहरु मध्ये यो खि ल्हो (कुकुर बर्ग) परेको हुनाले नयाँ सालमा नयाँ बर्गको शुरुवात सहित ल्होसार मनाईएको हो’, समाजका अध्यक्ष मनबहादुर गुरुङ्ले बताए ।
कार्यक्रममा चर्चित लोकदोहोरी गायक मिलन लामा र ईन्द्रा गुरुङ्को गीतले वातावरण संगितमय बनाएको थियो । विभिन्न समाजका प्रतिष्ठित ब्यक्तित्वहरुको सहभागीता रहेको कार्यक्रममा पच्यु तथा क्ल्ब्रीहरुद्धारा रीपा लगाई स्याई स्याई समारोह, तमु साास्कृतिक नाचगानहरु, बिबिक्यु तथा अन्य मौलिक परिकारहरु प्रर्दशन लगायतका आकर्षणहरु रहेको थियो । कार्यक्रम तमु प्ये ल्हु संघ हङ्कङले आयोजना गरेको हो ।
तस्बिर: जेपिटी एचके