साप्ताहिक संवाददाता
नेपाली गीत संगीतिका क्षेत्रमा चर्चित नाम हो – एकनारायण भण्डारी । उनी कहिले लोक गीत लेखेर चर्चामा आए । कहिले सुगम संगीत लेखेर आधुनिक गीतका स्रोताका प्रिय लेखक भए । कहिले तिनै गीतमा संगीत गरेर नेपाली सुगम संगीतका क्षेत्रमा अब्बल सर्जकका रुपमा आफूलाई उभ्याउन प्रयासरत रहें ।
कहिले काँचको पर्दामा हिरो हिरोईनले अभिव्यक्त गर्ने भाव अनुसारका सिर्जना कोर्नमा अभ्यस्त रहे । औपचारिक रुपमा सांगीतिक क्षेत्रमा लागेका अधिकांश समय सिर्जनामा बिताए । गीतकारको नाम भन्नसम्म अप्ठ्यारो मान्ने नेपाली संगीतिको इतिहासमा गीत लेखेर नै उच्चो नाम बनाए । तर, उनले चर्चामा आउनका लागि नेपाली सांगीतिक क्षेत्रलाई हानी पुर्याउँने खालका गीत/संगीत प्रस्तुत गरेनन् ।
उनै गीतकार तथा सर्जन एकनारायण भण्डारीको नयाँ लोक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै शब्द/संगीत रहेको ‘पछ्यौरीको तातो’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । प्रकाश दुतराज र शान्ता परियारीको आवाज रहेको यो गीतको म्यूजिक भिडियोलाई शकर बिसीले निर्देशन गरेका छन् । शंकर बिसी, करिष्मा ढकाल र सुनित थापाले अभिनय गरेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।
पछ्यौरीको तातोको म्यूजिक भिडियो