साप्ताहिक संवाददाता
पछिल्लो समय प्रवासमा रहेर नेपाली गीतसंगीतमा लगानी गर्नेको ठूलो हिस्सा छ । पछिल्लो नेपाली सांगीतिक क्षेत्र लगभग रेमिट्यान्सको भरमा थेगिएको छ भन्दा पनि फरक पर्दैन ।
यसै क्रममा मलेसियामा प्रवासी जीवन बिताइरहेका झापाका गायक आनन्द सुब्बाले ‘तिमीलाई भुल्दिन म...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् ।
गीतमा भोकल र लिरिक्स दुवै आनन्दकै रहेको छ । म्युजिक भने मनिपाल राईले दिएका छन् । देवेन्द्र सेवाले एरेन्ज गरेको उक्त गीतको म्युजिक भिडियोमा मोडल आयुश गुरुङ र खुश्बु चेम्जोङले अभिनय गरेका छन् ।
अर्जुन सापकोटाले खिचेको म्युजिक भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । म्युजिक भिडियोको छायांकन भने झापाको बिर्तामोड फन पार्कमा गरिएको हो ।
‘भुल्दिन म’को म्यूजिक भिडियो :