साप्ताहिक संवाददाता
पुस २३, २०७४
अभिनेत्री रेखा थापा चलचित्रमा माग पहिलाको जस्तो छैन् । उनले आफ्नो ब्यापक प्रचारका साथ प्रदर्शन गरेका चलचित्रले खासै कमाल नगर्नुले पनि उनको क्रेज खस्केको जनाउ दिन्छ । चलचित्रको लिड रोलमा प्रसतुत हुने रेखा एक चलचित्रको आईटम गीतमा देखिएकी छिन् ।
अभिनेत्री केकी अधिकार र नाजिर हुसेनले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘राज्जा रानी’को एक गीतमा रेगाले आईटम नृत्य प्रस्तुत गरेकी छिन् । ‘पिंकु मिसको जवानी’ बोलको गीतमा रेखाले आफ्नो जवानी पस्केकी हुन् ।
उक्त गीतमा तारा प्रकाश लिम्बुको सङ्गीत, निर्देशक यम थापाको शब्द र सहीमा श्रेष्ठको स्वर समावेश छ । गीतको भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । यम थापाको निर्देशक रहेको चलचित्र ‘राज्जा रानी’ यहि पुष २१ गतेबाट प्रदर्शनरत छ ।
गीतको भिडियो :