साप्ताहिक संवाददाता
पुस २३, २०७४
अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाइरहेका सेलिब्रेटी हेयरस्टाइलिस्ट नीलडेविड कटवालले भारतको सिलीगुडीमा आफ्नो नयाँ मेकअप स्टुडियो तथा एकेडेमी सञ्चालन गरेका छन् ।
शुक्रवार स्थानिय सिटभी मलमा उक्त स्टुडियो तथा एकेडेमीको उद्घाटन हेयरस्टाइलिस्ट कटवालकी आमा तुलसा कटवालले गरेकी हुन् ।
उद्घाटन समारोहमा नील डेविडले काठमाडौंमा सन् २०१६ मै पहिलो मेकअप स्टुडियो तथा एकेडेमी स्थापना गरेको उल्लेख गर्दै सिलीगुडीको आफ्नो नयाँ स्टूडियो तथा एकेडेमी खोल्नुको उदेश्य त्यहाँका युवाहरुलाई यो क्षेत्रमा दक्ष बनाउनु रहेको बताए ।