साप्ताहिक संवाददाता
पुस २४, २०७४
रोजिना गुरुङ कुनै बेला मोडलिङ गर्थिन् । सुन्दर मुहारकी गुरुङले विगतमा एउटा सौन्दर्य प्रतियोगिताको उपाधि नै जितेकी थिइन् ।
अहिले आएर यी सुन्दरीले संगीतमार्फत आफूलाई उजागर गरेकी छिन् । भर्खरै सार्वजनिक भएको एउटा गीत तथा भिडियोमार्फत उनले दर्शक तथा श्रोताको मन जितिरहेकी छिन् ।
गायक तथा मोडल आमिर शेखसँग अनस्क्रिन रोमान्स गरेको रोजिनाको क्युटी मैयाँ गीतको म्युजिक भिडियो कम समयमै लोकप्रिय भएको छ । भिडियोमा रोजिनाले आकर्षक नृत्य गरेकी छिन् ।
झट्ट सुन्दा चलचित्रको आइटम गीतझैं लाग्ने उक्त गीतमार्फत रोजिनाले गायनमा समेत सम्भावना देखाएकी छिन् । यही गीतका कारण रोजिनाले चलचित्रको पाश्र्व गायनका लागि कुनै प्रस्ताव पाइन् भने अचम्म नमाने हुन्छ ।