साप्ताहिक संवाददाता
फाईन आर्टमा ‘प्लस टु’ गरेकी सुमिना श्रेष्ठ स्केजकी पारखी, चारकोल एवं पानी रङबाट चित्र बनाउँन रुचाउँछिन् । जीवनमा अन्य जुनसुकै व्यवसाय अपनाए पनि पेन्टिङलाई निरन्तरता दिने उनको अठोट छ । उनि भन्छिन्, ‘मैले यो क्षेत्रमा धेरै समय खर्च गरेकी छु । अब यसलाई व्यावसायिक रुपमा आगाल्न सक्छु भन्ने विश्वास ममा छ ।’
एसियाको थोरै लेडी टाटू आर्टिष्टमा पर्ने सुमिना श्रेष्ठको हातबाट टाटू बनाउन चाहने युवा जमातको भिड पछिल्लो समय बाक्लिदै गैरहेको छ । यस क्षेत्रमा परिवारको साथ रहेकोले पनि आफु उत्साहित भएको उनको भनाई छ ।
पहिले चित्रकलामामात्रै रुचि राख्ने सुमिना श्रेष्ठ यतिबेला टाटूलाई पनि अगाडी बढाईरहेकी छिन् । टाटूमा उनको आफ्नै अनुभव छ । पेन्टिङ भन्दा टाटू धेरै गाह्रो काम हो । पेन्टिङ बिग्रेपनि कागजमा बिग्रिन्छ तर टाटू शरिरमा बिग्रनु हुँदैन, उनको भनाई छ ।
विद्यालयमा हुने विभिन्न चित्रकला प्रतियोगितामा भाग लिएर थुपै पटक पुरस्कृत भएकी सुमिना विभिन्न कार्यशालामा समेत सहभागी हुनुका साथै नेपाल आर्टिष्ट संघको आयोजनामा भएको चित्रकला प्रर्दशनीमा पनि उनको सहभागिता रहेको थियो ।