साप्ताहिक संवाददाता
* मार्लिन मुनरोको ओठ नचिन्ने पुरुष कमै होलान् । मुनरो आफ्नो ओठलाई आकर्षक बनाउन पाँच किसिमका लिपिस्टिक प्रयोग गरी अलग रंग निकाल्थिन् ।
* २० औं शताब्दी प्रारम्भ हुनुभन्दा अघि युरोपका केही मुलुकमा एकल महिलाहरूले टोपीमा प्रयोग गर्ने ह्याट पिनलाई हतियारका रूपमा आफ्नो आत्मरक्षामा प्रयोग गर्न पाउँथे ।
* चीनमा प्राचीन कलाका रूपमा आँखाको भित्री भाग खौरने चलन छ । बिस्तारै हराउँदै गएको यो सीपलाई छियोङ गावोका केही हजामले अझै पनि प्रयोगमा ल्याइरहेका छन् ।
* र्याटल स्नेक पेटको उपनाम पाएका पिटर ग्रुबरको संकलनमा सयौं प्रजातिका सर्प तथा सरिश्रृप थिए । २० औं शताब्दीको सुरुवातमा उनले आफ्नो संकलनलाई प्रदर्शनमा ल्याएका थिए, जसमा इजिप्टको मम्मीदेखि न्युयोर्कमा निर्माण भएको पहिलो इलेक्ट्रिकल कुर्सीसम्म समावेश थियो ।
* कन्सासकी १ सय २ वर्षकी लेखिका बोनी ब्राउनले सन् २००९ देखि एउटा पत्रिकामा नियमित स्तम्भ लेख्ने क्रममा जम्मा एक पटक मात्र आफ्नो डेट लाइन छुटाएकी थिइन् ।
* प्राचीन ग्रिसमा कुनै पनि महिलाको खुट्टाको बुढी औंलाभन्दा सँगै रहेको औंला लामो हुनुलाई सौन्दर्यको प्रतीक मानिन्थ्यो । त्यसैले स्ट्याचु अफ लिबर्टी तथा मिचिल्याङगेलोस डेभिडको मूर्तिमा बूढी औंलाको तुलनामा सँगैको औंला लामो बनाइएको छ ।
* सन् १०६६ मा बेलायतको राजा भएका बिलियम द कन्क्वेररको शरीर यति लामो थियो कि उनलाई मृत्युपछि गाड्दा कफिन पनि सानो भएको थियो । उनको कब्रलाई त्यसपछि भएका विभिन्न क्रान्तिमा खनेर अंगहरू निकालिएको थियो ।
* चेक रिपब्लिकमा उत्पादन हुने प्रोटिभिन पेय पदार्थमा प्रयोग गरिने पानीको शुद्धताको परीक्षण क्रे जातिको माछाले गर्छ । उत्पादनमा प्रयोग हुने पानीमा क्रे माछालाई केही समय राखेपछि उसको मुटुको परीक्षण गरेर पानीको शुद्धता थाहा पाइन्छ ।