मेष
मित्रप्रतिको विश्वासमा तुसारापात हुन सक्छ, हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । साथीहरूसँगको मनोरञ्जनमा खर्च होला । कुरा काट्नेहरूले तपाईंको कमजोरी पहिल्याएर षड्यन्त्रको घेरामा पार्न खोज्दैछन् । स्वाभिमान कायम राखे उनीहरू परास्त हुन सक्छन् । रातो रंगको पहिरनले चुनौतीमुक्त गर्न सहयोग पुर्याउनेछ ।
वृष
अनुभव नभएको व्यवसायले नोक्सान पुर्याउन सक्छ । शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ । प्रयास जारी राखे सवारी साधन जोरिने सम्भावना छ । घरेलु कार्यमा अल्मलिँदा महत्वपूर्ण काम ओझेलमा पर्न सक्छ । लामो तथा छोटो दूरीका यात्रा हुन सक्छ ।
मिथुन
विश्वासिला मित्रहरूले सहयोग गर्न मोलतोल गर्न सक्छन् । विपरीत लिंगीद्वारा समस्याको गाँठो फुकाउन सहयोग प्राप्त हुनेछ । घरपरिवारमा मांगलिक कार्य सम्पन्न गर्ने निर्णय अनुमोदन हुन सक्छ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च होला । अन्नदान गर्न सके तनावबाट मुक्त भइनेछ ।
कर्कट
सुखद प्रेमसम्बन्धलाई बाहिरी कुराले खलबल्याउँदा प्रेमिका चिढिन सक्छिन् । अरूलाई छिटो विश्वास गर्नाले आफंैलाई नोक्सान पुग्न सक्छ । अभिभावकको सुझाव मुताबिक कार्य सम्पन्न गर्नुहोला । साथीभाइहरूले तपाईको योजनालाई सकारात्मक रूपमा लिनेछन् ।
सिंह
नगरेको कामको दोष आइलाग्ने सम्भावना छ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । बुधबारपछिका दिनमा भाग्यले साथ दिँदै काममा सफलता प्राप्त हुनेछ । मठ–मन्दिरको भ्रमणले कार्य सम्पन्न गर्न ऊर्जा दिनेछ । सुनौलो रंग प्रयोग गर्न सके विभिन्न समस्याबाट जोगिन सकिनेछ ।
कन्या
परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ, विचार पुर्याएर निर्णय गर्नुहोला । रोकिएका कार्य सम्पन्न भै आर्थिक संकट स्वत: समाधान हुनेछ । साताको अन्त्यमा गरिने भ्रमणबाट खाली हात फर्कनुपर्ने छैन ।
तुला
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हात पर्नेछ । दिगो फाइदा हुने कार्य प्रारम्भ गर्ने सुझाव पाइनेछ । खर्च बढ्नाले सोमबारपछि अर्थको अभाव हुन सक्छ । टाढाका साथीभाइहरूसँग लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रनेछ भने सप्ताहन्तमा नाम, दाम तथा इनाम हात पार्न सकिनेछ ।
वृश्चिक
नयाँ व्यवसायमा लगानी गर्ने प्रस्ताव प्राप्त हुन सक्छ । पारिवारिक मत लिएर प्रक्रिया अघि बढाउनुहोला । मनका भावना आदान–प्रदान गर्ने मित्र फेला पर्नेछन् । कसैले मन पराएको धारणा समेत व्यक्त गर्न सक्छन् । रमणीय यात्रामा खर्च गर्नुपर्ने हुन सक्छ ।
धनु
संयम एवं बोलीको मधुरताले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउनेछ । प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन् । खानपानको परिवर्तनका कारण शारीरिक दुर्बलता देखा पर्न सक्छ । सुनौलो रंगको प्रयोगले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रहरूबाट टाढै रहँदा लाभ हुने देखिन्छ ।
मकर
रोजगारीको अवसर हात पार्न कठोर मेहनत गर्नुपर्नेछ । कुनै पनि काम दु्रत गतिमा सम्पन्न गर्नुपर्ने चुनौती टरिसकेको छैन । प्रेम प्रस्तावमा समय लिएर ढिलो निर्णय गर्नुहोला । जीवनमा नयाँ आयाम थप्न खरानी रंगलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।
कुम्भ
उपल्लो दर्जाका व्यक्तिहरूको महत्वपूर्ण सुझावअनुरूप उन्नतिको मार्ग पहिल्याइनेछ । प्रतिफल प्राप्त गर्न प्रशस्त मेहनत गर्नुपर्ला । प्रलोभन देखाउनेहरूसँग सचेत रहनुहोला । शैक्षिक क्षेत्रमा लगानी गर्ने प्रस्ताव प्राप्त हुन सक्छ । साताको अन्त्यमा विभिन्न प्रकारका भोजन तथा सुन्दर वस्त्रले आनन्दित तुल्याउनेछ ।
मीन
अनुकुल अवस्थामा कार्य सम्पन्न गर्न ढिलाइ गर्दा पछि परिनेछ । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना छ, त्यसैले व्यवसायिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । मंगलबारपछि मित्रवर्गले वचनअनुरूप सहयोग गर्नेछन् । धर्म तथा पुण्य आर्जनमा रुचि बढ्नेछ ।