साप्ताहिक संवाददाता
पुस २८, २०७४
मोबाइल कम्पनी एनसेलले खेल, संगीत तथा मनोरञ्जनका साथ एनसेल मेलाको आयोजना गर्दैछ । विभिन्न मनोरञ्जक कार्यक्रमहरू सञ्चालन हुने यो मेलामा कबवेभ समूह, एज ब्यान्ड, अनिमेश शाही, समन श्रेष्ठलगायत गायकहरू लाहुरे, शिव परियार, गायिका इन्दिरा जोशी तथा जादुगर सुरज मैनालीले प्रत्यक्ष प्रस्तुति दिनेछन् । कार्यक्रमलाई शुभेच्छा खड्का तथा रेमनदास श्रेष्ठले सञ्चालन गर्दैछन् ।
मिति : पुस २९ गते, शनिबार स्थान : जावलाखेल ग्राउन्ड
मेला आरम्भ : बिहान ११ बजे
कन्सर्ट : दिउँसो १ बजे प्रवेश : नि:शुल्क