साप्ताहिक संवाददाता
पुस २८, २०७४
प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘ब्लाइन्ड रक्स’को गीत रिलिज गरिएको छ । अभिनेत्री बेनिशा हमाल फिचरिङ ‘उड्यो मन...’ गीतमा कत्थक नृत्य र शाष्त्रिय संगीतको मिश्रण देख्न सकिन्छ । हरि लम्सालको संगीत तथा नरेश भट्टराईको शब्द रहेको सार्वजनिक गीतमा गायिका बानिका प्रधानले आवाज भरेकी छिन् ।
निर्देशक मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन समावेश गरिएको छ । बायोपिक चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । सृष्टिको भूमिका बेनिशाले अभिनय गरेकी छिन् ।
निकेश लिम्बुले लगानी गरेको यो चलचित्र नेपालमा भन्दा पहिला लण्डनमा प्रदर्शन गरिने भएको छ । नेपालमा भने फागुन १८ गतेबाट यो चलचित्र रिलिज हुँदै छ ।
गीतको म्यूजिक भिडियो :