साप्ताहिक संवाददाता
पुस २९, २०७४
आज पुस २९ गते शनिबार राजु लामाले पोखरामा आफ्नो प्रस्तुति दिँदैछन् । मंगोलियन हर्ट ब्यान्डको साथमा पोखराको अमरसिंह चौरमा आयोजित पोखरा महोत्सवमा लामाले पोखरेलीहरूलाई झुमाउनेछन् । साँझ ६ बजेपछि सुरु हुने उक्त कार्यक्रममा लामाका नयाँ–पुराना गीत सुन्न सकिनेछ । शनिबार दिउँसो भने गायिका ज्योति मगरले स्टेज तताउनेछिन् । उनलाई पोखराका स्थानीय कलाकारहरूले साथ दिनेछन् ।
पोखरामा जारी महोत्सवमा शुक्रबार पोखरेली ब्यान्डहरूले प्रस्तुति दिएका छन् । महोत्सवमा प्रदेशस्तरीय खुला लोकदोहोरी गीत प्रतियोगितासमेत सञ्चालन हुनेछ, जसमा चार नम्बर प्रदेशका ११ जिल्लाका लोकदोहोरी कलाकारहरूले सहभागिता जनाइरहेका छन् ।