साप्ताहिक संवाददाता
स्वतन्त्र नागरिकका रूपमा पूर्वराजाले देश घुम्न पाउँछन् । (फ्रन्टपेज : नेपालगन्जमा के गर्दैछन् पूर्वराजा ?) उनीमाथि शंका गरिनु हुँदैन ।
धीरज रौनियार
लामो समय साहित्यकार भुवन ढुंगानाका बारेमा पढ्न पाइएको थिएन (यात्रा–सन्दर्भ : अपहरणमा परेका राम) । साप्ताहिकमार्फत उहाँका बारेमा थोरै भए पनि पढ्न पाउँदा खुसी लाग्यो । त्यो समयका उनका रचनाहरू बाहिर आउनुपर्छ ।
केशव सापकोटा
नेपथ्य ब्यान्डलाई धेरै–धेरै शुभकामना (भिडियोमा नेपथ्य) । नेपथ्य ब्यान्डको भिडियो लोकप्रिय होस् ।
श्याम थापा
रामबाबु गुरुङले त्यति मेहनत गरेपछि त्यसको परिणाम पनि राम्रै आउँछ (अन्तरवार्ता : १८ पटक स्क्रिप्ट रि–राइट गर्ने निर्देशक मै हुँ ) । जसले गम्भीर भएर चलचित्र निर्माण गर्छ, ऊ लामो समय टिक्छ ।
मिलन सिग्देल
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता प्रतियोगिताहरू आयोजित भैरहनुपर्छ (सकियो हात्ती महोत्वस) साथै यस्ता कार्यक्रमहरूको बढीभन्दा बढी प्रचार–प्रसार गर्नु जरुरी छ ।
अमृत थापा
सधैं म्युजिक भिडियो नै ट्ेरन्डिङमा पर्दैनन् (युट्युबमा सर्वाधिक हेरिएका भिडियो) । कहिलेकाहीं यस्तै रोचक, रमाइला भिडियोहरू पनि ट्ेरन्डिङमा आउँछन् ।
लोकेन्द्र रानाभाट
गाउँमा लुकेका प्रतिभाहरूको खोजी हुनु राम्रो हो (खोटाङ आइडलको अडिसन) । यस्ता प्रतिभाहरूलाई अगाडी बढ्न, जीवनमा केही गर्न सहयोग मिलोस् । आयोजकले त्यतातिर पनि ध्यान पुर्याउनुपर्छ ।
मुकेश सापकोटा
देश जोड्ने कुरामा कसैको चासो छैन (मुक्त आकाश : कसरी जोडिन्छ देश ?) प्रदेशको राजधानी कहाँ बन्छ, आफ्ना मानिसहरूलाई कहाँ, कसरी नियुक्ति दिने भन्ने मात्र चिन्ता छ ।
तीर्थ प्रसाईं
अन्तर्राष्ट्रिय खेलाडीहरूका बारेमा केही मात्रामा जानकारी मिल्यो –फ्ल्यासब्याक–२०१७ चर्चित दस खेलाडी) । नेपाली खेलाडीहरूका बारेमा पनि यस्तै रोचक सामग्री दिनु उपयुक्त हुन्छ ।
सौगात क्षेत्री
प्रमुख पर्यटकीय सहरहरूको रौनक सधँै यस्तै हुनुपर्छ (न्यू इयर इभमा जागा लेकसाइड) सरकारले त्यो अनुसारको सुरक्षा दिन सक्नुपर्छ । उपयुक्त वातावरण मिल्यो भने पर्यटकहरूको कमी हुँदैन ।
विजय गुरुङ
अभिनयमा कविर खड्काको राम्रै लगाव रहेछ (कबिरको आगमन) । उनको समर्पणले पनि त्यो कुरा बताउँछ ।
लक्ष्मी पाण्डे
पुराना कलाकार शंकरराजसिंह सुवालको सक्रियता गजबको छ (ग्यालरी : सुवालको चित्र) । उनका चित्र पनि सुन्दर छन् । उनको यस्तो सक्रियता कायमै होस् ।
राधा केसी
बधाई गायक रामकृष्ण ढकाललाई (विन्ध्यवासिनीमा रामकृष्णको हुरी सर्वोत्कृष्ट) । लाखौं श्रोताको मनमा बस्ने यस्तै गीतमा आवाज दिनुहोला । तपाईंको लोकप्रियता कायमै रहोस् ।
आनन्द पोखरेल
गायिका रोजिना गुरुङ नायिकाजस्तै लाग्छिन् (रोजिनाको जादु) । उनले म्युजिक भिडियोमा काम गरेको पनि सुहाउँछ । चलचित्रमा उनको राम्रै सम्भावना छ ।
भूपेन्द्र विष्ट