साप्ताहिक संवाददाता
छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको ‘काव्य शृंखला’को तेस्रो सिलसिला सम्पन्न भएको छ । कार्यक्रमको तेस्रो संस्करणमा कवि बसन्त प्रकाशले कविता बाचन गरेका थिए भने गजलकार शान्ति शर्माले गजल प्रसतुत गरेकी थिईन् ।
विशेष अतिथी डा. कृष्णहरि बरालले समिक्षा गरेका थिए । उनले आयोजकका केहि भाषागत गल्तीहरुलाई समेत औल्याएका थिए ।
त्यस्तै कार्यक्रमकी विशेष अतिथी चलचित्र अभिनेत्री बसुन्धरा भूषालले साहित्यिक कार्यक्रममा आउँन पाउँदा आफू खुशी भएको अभिव्यक्ति दिएकी थिईन् । कार्यक्रमको चौथो सिलसिला आगामी माघ १६ मा हुने छ ।
नेपाली चलचित्रका क्षेत्रमा सक्रिय छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले अब साहित्यलाई पनि सँगसँगै लैजाने बताए । शान्तिप्रियले साहित्य, सङ्गीत र चलचित्रको त्रिवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना गरेको उल्लेख गरे ।