साप्ताहिक संवाददाता
माघ २, २०७४
स्कूलमा अध्ययनरत बालबालिका सम्बन्धीत प्रतियोगिता ‘किड्डी फेश अफ द इयर २०१८’ मा फोटोजेनिक अवार्ड सहित कनिस्क राज बज्राचार्य र वेष्ट एक्टिङको अवार्ड सहित श्रीया कुँवर विजेताका रुपमा चयन भएका छन् ।
राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा स्मार्ट विधाको अवार्ड सहित श्रीजन ओझा र ट्यालेन्ट विधाको अवार्ड सहित आाचल ढकालले फस्ट रनर अपको उपाधि उचालेका छन् ।
यसैगरी वेष्ट नेपाली ह्यान्डराइटिङ अवार्ड सहित प्रतिक पराजुली र वेष्ट वाक विधाको अवार्ड सहित मेरिसा बराल सेकेन्ड रनर अपका रुपमा विजेता बन्न सफल भए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित उक्त प्रतियोगितामा राज फैंजुको कोरियोग्राफी रहेको थियो ।