साप्ताहिक संवाददाता
झिँगा परेको खाना झिँगालाई नै दान गरिदिन्छु र अर्को खाना अर्डर गर्छु ।
रोजिना श्रेष्ठ, फेसन डिजाइनर
यसमा खान लागेको कुरा के थियो भन्ने कुरा मुख्य हुन्छ । दाल–भात मात्र हो भने त ‘ला, झिँगा परेछ’ भनेर हल्लाखल्ला गरिन्छ । होइन भने त मनमनै जाबो झिँगा त हो नि भनेर दायाँबायाँ हेरेर टपक्क टिपेर फाली ग्वाम–ग्वाम... ।
प्रदीप भट्टराई, निर्देशक
परिस्थितिअनुसार हुन्छ । त्यस्तै बाध्यता हुँदा झिँगा फालेर पनि काम चलाउनुपर्ने हुन्छ, अन्यथा खानुअघि झिँगा परेको खानेकुरा भरसक खान्नँ ।
डीपी खनाल, गीतकार
सबै झिँगा फोहरी नहोलान्, यसो साइड लगाएर खाना खाइदिए हुन्छ ।
विनोदकुमार पौड्याल, अभिनेता
‘वाह झिँगा, क्या भाग्यमानी रै’छस्, सेलिब्रेटीको खानामा बसेर सुपरहिट भइस्’ भनेर फ्याकिदिन्छु ।
दीपाश्री निरौला, निर्देशक/अभिनेत्री
पहिले कस्तो किसिमको झिँगा हो, पत्ता लगाउँछु । हरियो झिँगा हो भने फाल्नुपर्छ, घरपालुवा झिँगा हो भने त परेको ठाउँको अलिकति भागको खाना फाल्ने र बाँकी खाने— यो महँगीमा ।
दीपक अधिकारी, अभिनेता
खाना सामान्य हो भने खानै फालिन्छ, मीठो खाना हो भने झिँगा फालिन्छ ।
लिलम राई, व्यवसायी
घरमा हो भने झिँगा परेको जति भाग फालेर खाइन्छ । रेस्टुराँमा हो भने कम्प्लेन गरेर अर्को खाना मगाएर, खाएर ‘रेस्टुराँको बेइज्जत गरिदिन्छु भन्दै थर्काई उल्टो फाइन तिराएर टाप कसिन्छ ।
दीपज्योति थापा, सञ्चारकर्मी
झिँगा परेको खाना खान्नँ, बरु पेट भर्ने विकल्प खोज्छु ।
राजीव लोहनी, गायक/संगीतकार
‘राम, राम, राम, तेरो स्वर्ग मै बास होस् †’ भन्दै तत्काल उसको नाममा जुठो बारेर त्यो छाक नै छाडिदिन्छु ।
राजनराज शिवाकोटी, संगीतकार/गायक
झिँगा परेको सानो भाग पन्छाएर खान्छु ।
सुरक्षा पन्त, अभिनेत्री
रेस्टुराँमा हो भने वेटरलाई बोलाएर थर्काउँदै अर्को अर्डर गर्छु ।
कुबेर डंगोल, सञ्चारकर्मी
खाना नै छाडिदिन्छु ।
जीवन आचार्य, अभिनेता
पहिले त झिँगाप्रति सहानुभूति व्यक्त गर्छु । बिचराले आत्महत्या गर्यो भनेर त्यो खाना उसैलाई अर्पण गरिदिन्छु ।
थानेश्वर गौतम, संगीतकार/गायक
हैरान नै हुन्छ नि । न निल्नु न ओकल्नुको अवस्था पो हुन्छ त ।
गजित विष्ट, अभिनेता
अति भोक लागेको अवस्था छ, खाना महँगो र मीठो छ भने झिँगा फालेर खान्छु । अरू बेला त झिँगा परेको खाना पनि कसैले खान्छ— तैट !
विकास सुवेदी, निर्देशक
बिचरा मभन्दा भोको रहेछ भनेर खाना उसैका लागि छाडिदिन्छ । अरूले आँखा गाडेकोसम्म ठीक, मुखै गाडेको चिज त छोइन्न बा !
शान बस्न्यात, चलचित्र लेखक
हात्ती नै पसेको भए सोचिन्थ्यो । बिचरा झिँगालाई माफ गर्दै हेन्ड टु माउथ गरिन्छ ।
कुमार भट्टराई, चलचित्र निर्देशक
घिन लाग्छ, त्यसैले अर्को मगाएर खान्छु ।
नम्रता योगी, अभिनेत्री
के खाँदैछु भन्ने कुरामा भर पर्छ ।
सलोन बस्नेत, अभिनेता
लौ, मैले के गर्नु ? जे गर्नु झिँगाले गरेपछि ।
अमरदीप सापकोटा, निर्देशक