माघ ३, २०७४
अभिनेत्री सोनम कपुरले बलिउडका अभिनेता तथा अभिनेत्रीहरूको पारिश्रमिकमा देखिएको अन्तरको मुद्दामा मुख खोलेकी छिन् । सोनमले उक्त मुद्दामा अभिनेत्रीहरूले एक–अर्कालाई तल देखाउनुको साटो एउटै सामूहिक निर्णय गर्नुपर्छ ।
३२ वर्षीया सोनमका अनुसार स्थिति जटिल भए पनि अभिनेत्रीहरूले हिम्मत हार्नु हुँदैन र उनीहरू जुन पारिश्रमिकको हकदार छन्, त्योभन्दा कम रकम स्वीकार गर्नु हुँदैन । सोनमले हिन्दी चलचित्रमा व्याप्त पारिश्रमिकसम्बन्धी अन्तरका विषयमा खुलेर वहस गर्नुपर्ने धारणा समेत व्यक्त गरेकी छिन् ।
‘मलाई थाहा छ, बक्स अफिसमा मेरो के हैसियत छ,’ सोनम भन्छिन्– मलाई थाहा छ म के कुराको हकदार हुँ ।’ बलिउडमा अत्यधिक प्रतिस्पर्धा भएका कारण पनि पारिश्रमिकमा अन्तर आएको उनको तर्क छ ।