साप्ताहिक संवाददाता
लामो केश भएका बालक
उमेर जम्मा १३ वर्ष तर केशको लम्बाइ २५ दशमलव ४ सेन्टिमिटर (१० इन्च) देखि २२ दशमलव ९ सेन्टिमिटर (९ इन्च) । ठूलो केश भएकै कारण गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल व्यक्ति हुन्, सेन्ट लुइस मिसौरी, अमेरिकाका टेलर राइट । उनी आफ्नै बुबाबाट प्रभावित भएको बताउँछन् । उनका बुबाले तीन कक्षा पढ्दादेखि नै केश काटेका थिएनन् । टेलर भविष्यमा अन्य धेरै रेकर्ड राख्ने लक्ष्य लिएर हिँडिरहेका छन् ।
धेरै कमाउने पप स्टार
अमेरिकाकी गायिका टेलर स्वीफ्ट संसारमा सबैभन्दा बढी आम्दानी गर्ने महिला पप स्टार हुन् । उनले वर्ष २०१७ मा लगभग १७ करोड डलर कमाएकी छिन् । फोब्र्स पत्रिकाले वर्षभरी सर्वाधिक कमाउने महिलाका रूपमा उनको नाम उल्लेख गरेको छ । यसअघि यो कीर्तिमान केटी पेरीको नाममा थियो ।
छिटो गुड्ने
एकपाङ्ग्रे मोटरसाइकल
संसारमा सबैभन्दा तीब्र गतिमा गुड्ने एकपाङ्ग्रे मोटरसाइकलका रूपमा गिनिज बुकमा नाम लेखाएको छ, मोहोह्विल मोटरसाइकलले । यसमा एउटै मात्र पाङ्ग्रा छ, इन्जिन पनि त्यसमै जडान गरिएको छ । जसमा चालक पनि बस्न मिल्ने ब्यबस्था छ । चालकले एकसाथ गति र इन्जिन नियन्त्रण गर्न सक्छ । यो मोहोह्विल मोटरसाइकल प्रतिघण्टा ९८ दशमलव ४६४ किलोमिटर गुड्छ ।