साप्ताहिक संवाददाता
फरक धारका दुई व्यक्तिको कथा रोचक लाग्यो (फ्रन्टपेज : फरक धारका दुई अनुहार) । उनीहरू यसरी खुलेर आउँदा लुकेर बसेका यस्तै अन्य पात्रलाई पनि बल पुग्छ । आफ्नो समुदायका लागि उनीहरू प्रेरणाको पात्र भएका छन् ।
बालकृष्ण चौधरी
राम्रो काम गर्नेहरूको चर्चा त हुने नै भयो (यात्रा सन्दर्भ : सञ्जालमा आरोप पत्यारोप) । त्यससँगै नकारात्मक टीका–टिप्पणि पनि भै नै हाल्छ । सत्यको बाटोमा हिंड्ने मानिस कहिल्यै डगमगाउँदैन, आखिर सत्यकै जित हुन्छ ।
राज आचार्य
प्रबल इच्छाशक्ति भयो भने जीवनमा जुनसुकै काम गर्न सकिन्छ भन्ने बलियो उदाहरण हुन्— डा. सुजित दर्नाल –अन्तर्वार्ता : शिक्षा नै सबैभन्दा ठूलो हतियार हो) । उनले गरेको मेहनतले राम्रै परिणाम दिएको छ । सामान्य परिवारमा जन्मिएर प्रशस्त संघर्ष गरेका सुजितले लोभलाग्दो उचाइ प्राप्त गरेका छन् ।
सागर रोका
मुलुक संघीयतामा गएपछि लागू हुने परीक्षा नीतिका सम्बन्धमा जान्ने मौका मिल्यो (विद्यालयस्तरको परीक्षामा पनि संघीयता) । कोर्ष तथा विषयवस्तुमा के–के हेरफेर हुन सक्छ भन्ने विषयमा समेत पढ्न पाइयोस् ।
गणेश विष्ट
यहाँ उल्लेख गरिएका कुरा पूरा हुने भए जीवन निकै सहज हुनेछ (साइन्स एन्ड टेक्नो : यस्तो विकास हुनेछ विज्ञान प्रविधिमा) । विज्ञान–प्रविधिमा कुनै कुरा असम्भव भन्ने हँुदैन ।
भगवान कार्की
संगीतकार सन्तोष श्रेष्ठलाई बधाई (बिमोचन/प्रिमियर, सन्तोषको सुरक्षा) । उनको एल्बमले सफलता पाओस्— शुभकामना ।
अमृत श्रेष्ठ
सुम्हालुङ आइडल जस्ता कार्यक्रम भैरहनु जरुरी छ (सुम्हालुङ आइडल) । गाउँ–गाउँमा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउनुपर्छ । उनीहरूलाई अबसरको खाँचो छ ।
मदन केसी
हराउँदै गएको इतिहासलाई चलचित्रका माध्यमबाट आम दर्शकमाझ पुर्याउनु सकारात्मक कदम हो (फिल्मी डायरी : पञ्चायतको प्रिमियर) । पैसा कमाउन मात्र होइन, सामाजिक सेवा तथा सामाजिक उत्तरदायित्वको पाटोमा पनि ध्यान पुर्याउनु जरुरी छ ।
शोभा मगर
दुवै चलचित्रलाई अग्रिम शुभकामना (अर्को साता दुई) । विदेशी चलचित्रको प्रभावभन्दा नेपाली मौलिक विषयवस्तुलाई स्थान दिए अझ राम्रो हुने थियो ।
राम लामा
प्रियारानी लामालाई धेरै–धेरै शुभकामना (भिजे बनिन् दूत) । उनी सबै भूमिकामा सुहाउँछिन् । प्रियाको प्रतिभा अझ मौलाउदै जाओस् ।
सरोज कटवाल
आमा बने पनि करिनाको सौन्दर्यमा कुनै कमी आएको छैन (बलिउड गफ : करिनाको ग्ल्यामरस शैली) । मेहनत एवं समर्पणका कारण उनको चर्चामा कुनै कमी देखिँदैन ।
सोनम अधिकारी
आम मानिसलाई बुझाउने सजिलो माध्यम हो— नाटक (रंगमञ्च : आठ सहरमा सर्जमिन) । यस्ता विषयका नाटक देशव्यापी रूपमा प्रदर्शन हुनुपर्छ ।
उज्ज्वल पन्त
चलचित्रमा लागेका व्यक्तिहरूको जीवन यस्तै हुन्छ भन्न सकिँदैन (यो वर्ष जसको विवाह हुने सम्भावना छ) । उनीहरूको विवाह हुने कुरामा विश्वस्त हुने ठाउँ छैन ।
बिमल राई