साप्ताहिक संवाददाता
?
मलाई सबैभन्दा बढी सताउने मेरो आफ्नै रिस हो, किनभने मलाई धेरै रिस उठ्छ । रिसका बेला म कसैलाई पनि चिन्दिनँ अनि मदेखि सबै रिसाउँछन् ।
युरिकराज नेपाली
विदेशी भूमिमा भएकाले परिवार अनि नानीहरूको मायाले सताउँछ । किनभने माया त माया हो नि, न रोएर जान्छ न धोएर ।
कैलाश पर्वत
मलाई मेरो आफ्नै विधाको अस्तव्यस्तता र अस्वस्थ प्रतिस्पर्धाले सताउँछ । भोलि यसको भविष्य के होला भनेर हरपल सताइरहन्छ ।
राजेश थापा
फेसबुकमा अरूले गरेको मेन्सनले सताउँछ ।
प्रवेश थापा
जाडोमा राति सुतेका बेला लाग्ने पिसाबले । एकपटक निद्राबाट ब्युँझिएपछि फेरि निदाउनै गाह्रो ।
सन्तोष सेढाईं
नेताको कामले सताउँछ ।
जीवन आचार्य
साँझ पर्नै हुन्न, कान्छीको भट्टीको सोलमारी र छोइलाको यादले सताउँछ । सिजनको चिसो कटाउन नभै नहुने रै’छ ।
बाटो बिराएको मान्छे
कमाए पनि त्यस्तै छ जिन्दगी, नकमाए नि त्यस्तै छ जिन्दगी । मलाई धेरै सताउने भनेको यही कुराले हो ।
गोविन्द धिमाल सोमकुल
एनटीसीको डाटाले ।
विवेक जिसी
मलाई चिन्ताले सताउँछ ।
राम थापा
बितेका पलहरूले बढी सताउँछन् ।
लक्ष्मण प्रधान
पैसाको कमीले ।
श्रीष राई
स्लो इन्टरनेटले सताउँछ ।
राजु राज
बोलिरहने मान्छे अचानक टाढा हुँदा ।
जनक भट्टराई
जसलाई धेरै मिस गरिन्छ, उसले वास्ता नगर्दा रिस उठ्छ । त्यही कुराले सताउँछ पनि ।
एन्जिला योञ्जन
टाउको दुखाइले सताउँछ ।
विशाल मरासिनी
धोका दिने मानिसहरूले बढी सताउँछन् ।
रतन डोबल
आमाको यादले बढी सताउँछ ।
अमृता मैनाली पाठक
पैसा र प्रेमले सताउँछ ।
दीप कार्की
कसैसँग बिताएका पलहरूले अनि पश्चाताप पनि हुन्छ ।
डीके एन पीके
मायालुको यादले । किनभने त्यसलाई बन्द गर्ने कुनै अप्सन हुँदैन । यसले दैनिक सताइरहेको हुन्छ ।
कमलेश ठाकुर
जीवन सोचेजस्तो नहुँदा ।
हरि क्षेत्री
उसको मायाले ।
सपना कार्की
मलाई त अहिले ११ को रिजल्टले खुब सताइरहेको छ । खालि आयो–आयो मात्र भन्छन् ।
चस्मे कार्की
पुराना सम्झनाहरूले । सम्झना जति पुराना हुँदै जान्छन् त्यति नै ताजा बन्दै जान्छन् । जति ताजा बन्दै जान्छन् त्यति नै तिनले सताउँदै जान्छन् ।
अञ्जु ढुंगाना
मेरी जीवन संगिनी कस्ती होलिन् भनेर, किनभने म मागी विवाह गर्दैछु ।
देवराज राउत
देशको अस्थिरता अनि सिस्टम देख्दा अत्यास लागेर आउँछ । देशको विकास कसरी होला यो तरिकाले ? उत्पादनको क्षेत्रमा लगानी छैन । पुँजी पलायन छ । युवा शक्ति विदेशमा छ, स्वाभिमान गिर्दाे छ । सताउनलाई यी कुरा पर्याप्त छैनन् र ?
हारेको मान्छे