साप्ताहिक संवाददाता
मरिष्का पोखरेललाई दर्शकले के म तिम्रो होइन र तथा चपली हाइटमा देखिसकेका छन् । यी दुवै चलचित्रले उनको चर्चा त बढायो, तर उचाइ भने दिन सकेन । म्युजिक भिडियोमा व्यस्त रहेकै बेला नाट्यकर्मी तथा अभिनय प्रशिक्षक विशारत बस्नेतले उनलाई एउटा चलचित्रको मुख्य भूमिकाका लागि रोजे ।
संभवत: चलचित्रको शीर्षक सुनेर मरिष्का झस्किन पनि होला– मिस्टर भर्जिन । गौरव पहारी, विजय बराल, भोला सापकोटाकी एक्ली हिरोइन हुन् पाउनु पोखरेलका लागि राम्रै अवसर थियो । जीवनमा कहिल्यै यौनको आनन्द नलिएकालाई भर्जिन भन्ने चलन छ ।
चलचित्र मिस्टर भर्जिनका नायक त भर्जिन युवक भए, नायिकाको भूमिका चाहिँ के त ? भन्ने जिज्ञासामा निर्देशक विशारत मज्जाले हासे र भने– मिस भर्जिन । भनेपछि मरिष्का यौन मनोविज्ञानमा आधारित निर्माणाधीन चलचित्र मिस्टर भर्जिनकी एकमात्र भर्जिन हिरोइन हुन् त ?