सनी लियोनले बलिउडमा आइटम डान्सरका रूपमा जति ख्याति कमाएकी छिन्, त्यति अभिनेत्रीका रूपमा कमाएकी छैनन् । उनले आइटम डान्स गरेका अधिकांश गीत लोकप्रिय भएका छन्, यद्यपि अभिनेत्रीका रूपमा अभिनय गरेका चलचित्र फ्लप ।
रागिनी एमएमएस–२ तथा तेरा इन्तजार जस्ता चलचित्र असफल भएपछि यतिबेला सनी एउटा उत्कृष्ट चलचित्रको पर्खाइमा छिन् । यसबीच सनीले आफ्नो अभिनय कौशल देखाउन सक्ने चलचित्र पाएको चर्चा चलेको छ । उनलाई प्रस्ताव गरिएको उक्त चलचित्रमा उनले ट्रयाजेडी क्विन मीनाकुमारीको चरित्र निर्वाह गर्नुपर्नेछ ।
सनीका लागि यो हालसम्मकै उत्कृष्ट प्रस्ताव मानिएको छ । त्यसो त यही भूमिकाका लागि विद्या बालन तथा माधुरी दीक्षितसमक्ष पनि प्रस्ताव राखिएको थियो । यद्यपि उनीहरूले उक्त भूमिका निर्वाह गर्न अस्वीकार गरे । यदि सनी यो भूमिकाका लागि तयार भइन् भने त्यो उनको अभिनय करियरकै उत्कृष्ट निर्णय हुने बताइन्छ ।