साप्ताहिक संवाददाता
माघ ८, २०७४
पछिल्लो समय नेपाली बक्सअफिसमा हलिउड सिनेमा प्रभावशाली बन्न थालेका छन् । डाउने जोन्सन स्टार एक्सन, एड्भेन्चर र कमेडी ड्रामा जुमान्जी : वेलकम टु द जंगल उत्साहजनक समिक्षा र राम्रो अकुपेन्सीसहित चौंथो सातामा प्रदर्शन भैरहेको छ ।
यस अवधिमा नेपाली मल्टिप्लेक्सबाट १ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको यो चलचित्र आइबार काठमाडौंमा विशेष प्रदर्शन गरियो । मिडियाकर्मी र माइती नेपालका बालबालिकाले चलचित्र हेरे । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले विशेष प्रदर्शन आयोजना गरेको थियो ।
जेक कस्डन निर्देशित चलचित्रलाई क्रिटिक्सले रुचाएका छन् । जुमानी फ्रेन्चाइजको यो दोस्रो सिक्वेलमा भिडियो गेममार्फत भर्चुअल संसारमा छिरेका चार हाइस्कुल विद्यार्थीले वास्तविक संसारमा फर्कन गरेको संघर्षलाई चित्रण गरिएको छ ।