साप्ताहिक संवाददाता
एक वर्षमा ५२ वटा शुक्रबार भए पनि बलिउडमा सयौं चलचित्र प्रदर्शन हुन्छन् । हरेक हप्ता एक–दुई मात्र होइन, थुप्रै चलचित्र एक–अर्कासँग जुधिरहेका हुन्छन् । यद्यपि बहस त्यतिबेला चर्को हुन्छ जब दुई ठूला स्टारका चलचित्र जुध्छन् । वर्ष २०१८ मा केही लोकप्रिय अभिनेता–अभिनेत्रीबीच प्रतिस्पर्धा हुने निश्चित भैसकेको छ । उनीहरूले अभिनय गरेका चलचित्र एकै दिन प्रदर्शन हुने भएपछि प्रतिस्पर्धा कडा हुने देखिएको हो । प्रदर्शन मितिका आधारमा केही रोचक भिडन्त यस्तो छ :
१५ जुन
रेस–३ भर्सेस फन्ने खाँ
(सलमान खान भर्सेस ऐश्वर्या राय बच्चन)
वर्ष २०१८ मा सबैभन्दा रोचक भिडन्त कुनै बेलाका प्रेमी–प्रेमिका अर्थात सलमान खान तथा ऐश्वर्या राय बच्चनका बीच हुने निश्चित छ । सलमानको रेस–३ तथा ऐश्वर्याको फन्ने खाँ एकै दिन प्रदर्शनमा आउँदैछन् । जहाँ एकातिर सलमानले इदका अवसरमा आफ्नो नयाँ चलचित्र प्रदर्शन गर्ने कुरालाई परम्परा नै बनाइसकेका छन् भने अर्कातिर ऐश्वर्याले पनि त्यही दिन आफ्नो नयाँ चलचित्रको प्रदर्शन मिति निश्चित गराएकी छिन् । सलमानको रेस–३ मल्टि–स्टारर चलचित्र हो । ऐश्वर्याको फन्ने खाँमा अनिल कपुर तथा राजकुमार रावजस्ता दिग्गज कलाकार पनि छन् । यो प्रतिस्पर्धामा कसले बाजी मार्छ ? यी चलचित्र प्रदर्शनपछि नै थाहा हुनेछ ।
७ नोभेम्बर
ठग्स अफ हिन्दोस्तान भर्सेस टोटल धमाल
(आमिर खान भर्सेस अजय देवगण)
अर्को वर्षको दीपावलीका लागि धेरै पहिलेदेखि नै चलचित्र ठग्स अफ हिन्दोस्तान प्रदर्शन हुने घोषणा गरिसकिएको थियो । उक्त चलचित्रमार्फत धूम–३ को टिम अर्थात् आमिर खान, कट्रिना कैफ, यशराज फिल्म्स तथा विजयकृष्ण आचार्य पुन: एकपटक दर्शकमाझ आउनेछन् । यो चलचित्रमा अमिताभ बच्चन पनि प्रभावकारी भूमिकामा देखिनेछन् । अर्कातिर धमाल श्रृंखलाको नयाँ चलचित्र टोटल धमाल पनि दीपावलीकै अवसर पारेर प्रदर्शनमा हुने भएको छ । इन्द्र कुमारको यो चलचित्रमा अजय देवगणका साथमा अनिल कपुर तथा माधुरी दीक्षित मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।
२१ डिसेम्बर
शाहरूख खानको अनाम चलचित्र भर्सेस टेम्परको रिमेक
(शाहरूख खान भर्सेस रणवीर सिंह)
वर्ष २०१८ को क्रिसमस पनि रोमाञ्चक हुने निश्चित छ । आनन्द एल रायको नयाँ चलचित्रमा शाखरुख खानले पुड्को व्यक्तिको चरित्र निर्वाह गरिरहेका छन् । शाखरुखसँग कट्रिना कैफ तथा अनुष्का शर्मा पनि छन् । यो चलचित्रको चर्चा नै लामो समयदेखि भैरहेको छ । चलचित्रको शीर्षक भने निश्चित गरिएको छैन । अर्कातिर यही मीतिमा रोहित शेट्टीको नयाँ चलचित्र प्रदर्शन हुने भएको छ, जसमा रणवीर सिंह मुख्य भूमिकामा रहनेछन् । शेट्टीले टेम्पर चलचित्रको रिमेक बनाइरहेका हुन् । अर्को एउटा समाचारअनुसार निर्देशक अभिषेक कपूरले आफ्नो चलचित्र केदारनाथ पनि यही मितिमा प्रदर्शन गर्ने सम्भावना छ ।
२७ अप्रिल
बागी–३ भर्सेस मणिकर्णिका : द क्विन अफ झाँसी
(टाइगर श्राप भर्सेस कंगना रणावत)
क थयो । टाइगर यतिबेला उक्त चलचित्रको सिक्वेलमा काम गरिरहेका छन् । साजिद नाडियाडवालको यो एक्सन–इन्टरटेनिङ चलचित्रबाट धेरैले आशा गरेका छन् । अर्कातिर अभिनेत्री कंगना रणावत पनि चलचित्र मणिकर्णिका : द क्विन अफ झाँसीका लागि निकै मेहनत गरिरहेकी छिन् । यो चलचित्र निर्देशन गब्बर इज ब्याकका निर्देशक क्रिशले गरिरहेका छन् । टाइगर र कंगनाबीचको प ्रतिस्पर्धा पनि हेर्न लायक हुनेछ ।
१३ अप्रिल
२.० भर्सेस अक्टुबर
(रजनीकान्त भर्सेस वरुण धवन)
वरुण धवन दर्शकलाई मन पर्ने अभिनेता त हुन्, यद्यपि सुपरस्टारको श्रेणीमा उनी अझै पुग्न सकेका छैनन् । यस्तो अवस्थामा जब उनको एक मात्र होइन, दुई सुपरस्टारसँग भिडन्त भयो भने त्यसले निश्चय पनि राम्रो नतिजा दिनेछैन । वरुण धवनको आगामी चलचित्र अक्टुबर अप्रिल १३ का दिन प्रदर्शन हुने निश्चित छ । त्यही मितिमा रजनीकान्त तथा अक्षय कुमारको साइन्स फिक्सन २.० पनि जनवरीबाट अघि बढेर अप्रिल १३ कै दिन प्रदर्शन हुने सम्भावना छ । त्यसो त वरुणले अहिलेसम्म तीनवटा अत्यधिक सफल चलचित्र दिएर ट्रिपल ह्याटिङक गरिसकेका छन् । आशा गरौं, उनको नयाँ चलचित्र पनि सफल हुनेछ ।
सम्भावना बोकेका चलचित्रको बजेट
शाहरूख खानको शीर्षक राख्न बाँकी रहेको चलचित्र । बजेट : २ अर्ब ४० करोड नेपाली रुपैयाँ ।
दीपिका पादुकोण, रणवीर सिंह तथा शाहिद कपुरको चलचित्र पद्मावती । बजेट ३ अर्ब २० करोड नेपाली रुपैयाँ ।
अक्षय कुमार, रजनीकान्त, एमी ज्याक्सन अभिनीत चलचित्र २.० । बजेट : ७ अर्ब २० करोड नेपाली रुपैयाँ ।
सलमान खान, ज्याकलिन फर्नान्डिज तथा बबी देओल अभिनीत चलचित्र रेस–३ । बजेट : १ अर्ब ६० करोड नेपाली रुपैयाँ ।
अमिताभ बच्चन, आमिर खान तथा फातिमा सना शेख अभिनीत चलचित्र ठग्स अफ हिन्दोस्तान । बजेट : ३ अर्ब ३५ करोड नेपाली रुपैयाँ ।
रणवीर कपुर, दिया मिर्जा तथा मनिषा कोइराला अभिनीत सञ्जय दत्तको बायोपिक चलचित्र । बजेट : २ अर्ब ४० करोड नेपाली रुपैयाँ ।
अजय देवगण, इलियाना डिक्रुज तथा सौरभ शुक्ला अभिनीत चलचित्र रेड । बजेट : १ अर्ब नेपाली रुपैयाँ ।