साप्ताहिक संवाददाता
‘लिटिल स्टार अफ दि इयर १०१८’को उपाधि वेविसा भण्डारी र बिपासना थापाले चुम्न सफल भए । काष्ठमण्डव स्कुलकी वेविसाले (ग्रुप–ए) र एनआइसी एमेडेमीमा अध्यायनरत बिपासना (ग्रुप–बि) तर्फको बिजेता बन्न सफल भएका हुन् । दुबै बिजेताले १० हजार नगद, ब्लुक्रस अस्पतालको तर्फबाट १ बर्ष निशुल्क स्वास्थ चेकअपका साथै बिभिन्न गिफ्ट ह्याम्पर समेत जितेका छन् ।
प्रतियोगीतामा जम्मा ७० जना बालबालिकाले सहभागिता जनाएका थिए । उमेर अनुसार सहभागी बालबालिकालाई ३ समुहमा बर्गिकरण गएिको थियो ।
अन्तिम प्रतिस्पर्धामा ग्रुप (ए) तर्फ बिस्वाश शर्मा फष्टरनर अफ, असियाना श्रेष्ठ सेकेण्ड रनरअफ, आलिया पन्त थर्ड रनरअफ र दिया भट्ट फोर्थ रनरअफ चुनिदा ग्रुप (बि) तर्फ क्रमश सानमी वस्ती, दिब्यम्यास खड्का, दृष्टा सिंह, समिरा श्रेष्ठ, रिजिस्मा बोगटी क्रमश: फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफ घोषित भए ।
मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल र जीवन गिरीले अन्तिम प्रतिस्पर्धाका लागि प्रशिक्षण दिएका थिए ।
अभिनेता धिरन शाक्य, जोत्सना योगी, नरेन खड्का, हिमानी सुब्बा खड्का, अक्षयजंग रायमाझी, असिम शाह, एसआर गहतराज र गीता पुरी प्रतियोगीतामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।