साप्ताहिक संवाददाता
पछिल्लो समय राम्रै चर्चामा रहेको चलचित्र ‘कान्छी’को ट्रेलर रिलिज भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्काबीचको माया र वियोग प्रस्तुत गरिएको छ ।
सार्वजनिक ट्रेलरमा दया र श्वेताका साथमा अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा लगायतका कलाकारलाई पनि देखाईएको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, बसन्त श्रेष्ठको कोरियोग्रफी र हिमाल केसीको एक्शन रहेको छ ।
अभिनेता दयाहाङ राई र अभिनेत्री श्वेता खड्काको जोडी ‘कान्छी’मा रोमान्टिक स्टाइलमा देखाईएको निर्माण पक्षको दावी छ । चलचित्र श्वेताले निर्माण गरेकी हुन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोम लगायतका स्थानको दृष्य समावेश गरिएको छ ।
पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्र फागुन ४ गतेबाट देशव्यापी रिलिज हुने भएको छ ।
कान्छीको ट्रेलर :