साप्ताहिक संवाददाता
यो डरलाग्दो कुरा हो (फ्रन्टपेज : गनमाण्डू) । पहिलेको तुलनामा अवस्था सुध्रिँदै जानुपर्नेमा झन्–झन् खराब हुनु र भयभीत वातावरण सिर्जना हुनु पक्कै सकारात्मक कुरा होइन ।
केशव थापा
सगरमाथाको अझ बढी प्रचार–प्रसार गर्न सके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्थ्यो (पहिलो विश्व : वेडिङ डेस्टिनेसन२सगरमाथा बेस क्याम्प) बेस क्याम्प र शिखरमा संसारका थुप्रै व्यक्तिले यस्तै नयाँ–नयाँ कीर्तिमान गर्न सक्छन् ।
अम्बिका दाहाल
सफा मनले हेर्यो भने सबै कुरा सुन्दर देखिन्छ (समय सन्दर्भ : मम पसल्नी) । सरल भाषामा लेखिएको रवीन्द्रजीको लेख
मन पर्यो ।
राजन कार्की
नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा फैलियोस् (नेपाली कपडाको फेसन शो) । नेपाली पहिरनले आफ्नो बेग्लै ब्रान्ड बनाउन सफलता प्राप्त गरोस् ।
सन्तोष मिश्र
‘योङ प्रिन्सेस अफ दि युनिभर्स’ को उपाधि हात पार्नुभएकोमा मरिशाजीलाई बधाई (योङ प्रिन्सेस अफ दि युनिभर्स) ।
विक्रम क्षेत्री
यस्ता कार्यक्रमले गाउँघरमा फेसन शोको अवधारणा बुझाउन सघाउँछन् (नवलपरासीमा पहिलो फेसन शो) । यो नयाँ पुस्तालाई फेसनसम्बन्धी जानकारी दिने उपयुक्त बाटो हो ।
रोशन मगर
सामाजिक सञ्जाल कसरी चलाउने भन्ने कुरा आफैंमा भर पर्छ (यात्रा सन्दर्भ : किन डिएक्टिभेट गर्नु सन्जाल ?) । सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग दुवै हुने गरेका छन् । फेसबुक पूरै डिएक्टिभेट गर्नुभन्दा कम चलाउनु उचित हुन्छ ।
विनोदमणि
डा. लता गौतमको कुरा नयाँ नभए पनि केही तथ्यले गर्दा बलियो छ (अन्तर्वार्ता : नेपालमा पुरुषहरू पनि बलात्कृत हुन्छन्) । उहाँले अरूले सार्वजनिक रूपमा बोल्न नसकेका कुरा बाहिर ल्याउनुभयो । डा. गौतमसँगको अन्तर्वार्ता जानकारीमूलक लाग्यो ।
याम कार्की
कन्जुमर इलेक्ट्रोनिक्स शो–२०१८ मा सार्वजनिक गरिएका ग्याजेट्सहरू आकर्षक छन् (कन्जुमर इलेक्ट्रोनिक्स शो–२०१८ का आकर्षण) । संसारभरका सूचना तथा प्रविधिसम्बन्धी यस्ता गतिविधिलाई निरन्तरता दिनुहोला ।
निरा शर्मा
अविरलजीले तीतो सत्य लेख्नुभयो (मुक्त आकाश : आखिर टाढा भैहाल्यौ) सम्बन्धहरू कतिबेला जोडिन्छन् वा कतिबेला टुट्छन् भन्न सकिँदैन । जोसँग जे कुरा छैन, त्यही कुरा प्राप्त गर्ने चाहना हुन्छ ।
अनिल थापा
पिकनिकको प्याकेज राम्रो लाग्यो ।
जयराज राई
क्वान्टिटीभन्दा क्वालिटीमा ध्यान दिने हो कि π (प्रसंग ११ करोडको) उत्कृष्ट कलाकार भैसकेपछि कर्तव्य पनि धेरै हुन्छन् । अर्को कुरा, अलिकति चर्चामा आइसकेका कलाकारले यस्तो कुरा नगरेकै राम्रो हुन्छ । यदि पैसा नै सबैथोक हो भने अमेरिकाबाट किन फर्किएको नि ? आखिर पैसा त त्यही कमाइ हुन्थ्यो ।
नवीन गुरुङ
खेलाडीहरू आफ्नो क्षेत्रमा सक्रिय छन् (नयाँ ढाचामा व्यस्त नेपाली खेलकुद), तर सरकारबाट उचित सहयोग र हौसला पाइरहेका छैनन् । यो देशकै प्रतिष्ठासँग जोडिएको कुरा हो । त्यसैले खेलाडीहरूको मनोबल बढाउने कुरामा सजग हुनुपर्छ ।
समिर साउद
कस्तो अचम्मको धोको ? (२२ देशमा विवाह गर्ने धोको) जे होस् यो जोडीको अभियान सफल होस् ।
चन्द्र देवान