साप्ताहिक संवाददाता
माघ १५, २०७४
आउँदो शुक्रवारबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘शेरबहादुर’ले सेन्सर पास गरेको छ । आइतबार ‘शेरबहादुर’लाई केन्द्रिय चलचित्र जाँच पास समितीले पिजी सर्टिफिकेट दिएको हो , अब यो चलचित्र हेर्न बलाबालिकाले अभिभावकको साथमा जानु पर्ने छ ।
सेन्सर बोर्डले चलचित्रको कुनै पनि दृष्यमा कैची नलगाएको चलचित्र निर्माण यूनिटले जनाएको छ । तर, चलचित्रको केहि दृष्यमा रगत देखिएका कारण पिजी सर्टिफिकेट पाएको चलचित्र निर्माता गौरी शंकर धुजुले बताए ।
शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र भनेर निर्माण यूनिटले प्रचार गरेको छ । सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारले चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । आर राजवंशी चलचित्रका निर्देशक हुन् ।