साप्ताहिक संवाददाता
माघ १५, २०७४
थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध चलचित्रका कथावस्तु हो । गायक समेत रहेका सत्यराज आचार्य चलचित्रमा मुख्य भूमिकामा देखिएका छन् ।
साम्तेन भुटियाको लेखन तथा निर्देशन रहेको चलचित्रमा सत्यसँगै मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा पत्रकार युवराज घिमिरे समेत पात्रका रुपमा देखा पर्ने छन् ।
सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटियाले चलचित्रमा सयुक्त रुपमा लगानी गरेका छन् । यो चलचित्र फागुन ११ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ
‘साढे ७’ को ट्रेलर