साप्ताहिक संवाददाता
निर्वाचनमा राजधानी बनाउँछु भनेर चुनाव जितेका छन्, त्यसैले आन्दोलन गरिटोपल्या मात्र हुन् । आन्दोलन गरेर राजधानी प्राप्त गर्न सकिँदैन भन्ने कुरा आन्दोलनकारीहरूलाई समेत थाहा छ । यो अस्थिरता निम्त्याउने खेल मात्र हो ।
जीबी गजल, साहित्यकार
प्रदेश राजधानी नै अस्थायी भएपछि यो विरोध स्थायी हुने कुरै भएन । आन्दोलन सुरु र बन्द गर्ने प्रभु एउटै नेता भएपछि यसको कुनै तुक देखिँदैन ।
प्रभात सुवेदी, गीतकार
हतारको मनस्थिति ।
गौरीशंकर धुजूँ, छायाँकार
असफल आन्दोलन, भ्रष्ट नीति र ठूलाबडाको मनमानी ।
निशा पन्थी, भिजे
जग्गा दलालहरूको बिगबिगी छ, अर्को कुरा जहाँ राजधानी त्यहाँ कमाइ राम्रो हुन्छ भन्ने हेतुले पनि यो विरोध गरिएको हो कि ? अन्यथा दसैंमा सबैलाई राजखानी त पुर्याउन सकिँदैन नि, राजधानी सबैलाइ चाहिएर हुन्छ ? फुर्सदिला मान्छेका हावादारी विरोध ।
दीपकराज गिरी, अभिनेता
राजनीतिका माफिया र भुमाफियाहरूले आफ्नो स्वार्थपूर्तिका निम्ति निर्दाेष कार्यकर्ता एवं जनतालाई उचालेका मात्र हुन् । आँगनअगाडि राजधानी भएर मात्र केही हुँदैन भन्ने कुरा बुझेको दिन कोही पनि आन्दोलनमा जाने छैनन्, सबैलाई भ्रममा पारिएको छ ।
अविरल थापा, लेखक
विरोध, लोकतान्त्रिक पद्धतिमा केही कुराको समाधान त होला तर सबै कुराको भने होइन । यो विरोध ‘हुने हार, दैव नटार’ जस्तै हो ।
मीनराज बस्नेत, लेखक
जहाँ–जहाँ अस्थायी राजधानी तोकियो त्यो ठीक छ । अहिले राजधानी घोषणा भैसकेपछिको विरोध ठिक छैन र अब यसरी विरोध मात्र गर्नु राम्रो हुँदैन ।
यमकला जीटी, मोडल
मेरो विचारमा यो आन्दोलन वा विरोधको कुनै अर्थ छैन । किनभने यो अस्थायी निर्णय हो । स्थायी निर्णय प्रदेशसभाको दुईतिहाई बहुमतबाट हुने भएकाले अब हुने निर्णय पर्खनु नै उत्तम होला ।
नमिता न्यौपाने, युवा नेता
पराकाष्ट चिसो, लगातारको शीतलहर न्यानोपनको खोजी, बलेको टायरको भर अनि अर्कातिर आफ्नो घरलाई, राजधानीमा पार्ने रहर यस्तै–यस्तै भएर हो कि ?
अमरदीप सापकोटा, निर्देशक
छोराछोरी ‘मलाई जाडो भो, मलाई ओढ्ने पुगेन’ भनेर आमाको पच्छ्यौरा तानातान गर्दैछन् । यता आमाचाहिँ नाङ्गै भैसकिन् ।
केदार घिमिरे, माग्नेबुढा
सबै भागबन्डाको चक्कर हो । मलाई प्रदेश होइन, देशको पो चिन्ता लागिरहेको छ, अब के हुन्छ ?
कल्याण घिमिरे,निर्माता/अभिनेता
राजधानी जता भए पनि आफ्नो गाउँ–ठाउँको विकास भए पुग्छ । अहिलेको सरकारलाई सत्ता हस्तान्तरणको काम गर्न दिउँm, नयाँ सरकार गठन गर्ने कामलाई सहज बनाउँm । यदि फेरि पनि केही आशा देखिएन भने त्यतिबेलाचाहिँ पूरै ताकत लगाएर सरकारको विरोध गरौं । अहिले नै ताकत खेर नफालौं ।
अमृत ढुंगाना, अभिनेता
राजधानी आफ्नै घरमा होस् भनेर आफ्ना लागि मात्र सजिलो खोज्नु हुँदैन ।
केकी अधिकारी, अभिनेत्री
अनाहकको विरोध, मुर्खता र राजनीतीकरण ।
विश्वेश श्रेष्ठ, व्यवसायी
अहिलेको काठमाडौं (राजधानी) कस्तो छ ? मानिसहरूको भीड, धूवाँ–धूलो र सबै कुरा अस्तव्यस्त । अब मानिसहरू आनन्दको वातावरणमा नबसेर, आरामसँग ताजा सास फेर्न छाडेर दु:ख अनि पीडा पाउन आन्दोलन गर्छन् भने के भन्ने ?
अजय अधिकारी सुशिल, गायक
स्थानीय राजनीति सोझ्याउने मेलो ।
अजयबाबु शिवाकोटी, सञ्चारकर्मी
वाहियात अनि तर्कहीन । यो सत्य–तथ्य नबुझेकाहरूले गरेको विरोध मात्र हो । संविधानत: प्रदेशसभाले आफ्नो नाम र प्रदेश केन्द्र आफै तोक्न सक्छ ।
गजेन्द्र बुढाथोकी, पत्रकार
राजधानी जहाँ भए पनि विकास हुने भनेको समग्र नेपालको हो । यहाँ आपसी विश्वासको अभाव छ भने सोसाइटी बायससमेत छ । यो विरोध त्यसकै उपज हो । प्रदेश राजधानी तोकिएको ठाउँमा मात्र विकास हुने होइन ।
इशान परियार, चित्र कलाकार
अस्थायी प्रदेश राजधानी तोकिएपछि केही ठाउँमा विरोध हुनु स्वाभाविक हो । सबैलाई आफ्नै गाउँ–ठाउँमा प्रदेश राजधानी भैदिए हुन्थ्यो भन्ने हुन्छ तर यसमा सबैले खुसी हुनुपर्छ, किनभने पहिले केही नहुँदा सबै ठाउँको विकास हुनुपर्छ भन्ने सोच हुन्थ्यो । अब अलि–अलि गर्दै सबै ठाउँमा काठमाडौंमा भएजस्तै सरसुविधा उपलब्ध हुन थाल्छ । काठमाडौंको चाप बढी भैसकेको छ, मानिसहरूले अब आफ्नै ठाउँमा सुविधा उपभोग गर्न पाउँछन्, काठमाडौं आइरहनु पर्दैन ।
शिक्षा संग्रौला, मोडल
राजधानी आफ्नै आँगनलाई बनाउनुपर्छ भनेर आन्दोलनमा उत्रनु कदापि ठीक होइन । समग्र मुलुकको विकास–निर्माणले गति लिनुपर्छ र प्रशसन चुस्त हुनुपर्छ । आफ्नो प्रदेशको राजधानी घरबाट अलिक पर भए पनि केही फरक पर्दैन ।
प्रदीप चापागाईं, लेखक/गीतकार
जग्गाको भाउ बढाउने दाउ ।
रवन्द्रिसिंह बानियाँ, अभिनेता
प्रदेश राजधानीको विवादभन्दा अब विकाससम्बन्धी बहस जरुरी छ । स्वार्थपूर्तिको खिचातानी त हाम्रो संस्कृति नै भैसकेको छ, अब के भन्नु ?
तेञ्जिङ शेर्पा, इभेन्ट व्यवस्थापक