माघ १७, २०७४
सन् १९८३ मा जापानमा आयोजित एसियन भलिबल च्याम्पियनसिपमा नेपालले हङ्कङलाई पराजित गरेको थियो । ३४ बर्षपछिको फ्रेण्डसिप म्याचमा हङ्कङलाई घरेलु मैदानमा पराजित गरेको छ ।
लगातार ३ दिन सञ्चालन भएको प्रतियोगिताका तीन खेलमै राष्ट्रिय टोली हावि भएको थियो । हङ्कङेली नेपालीहरुको भलिबल क्लब अल स्टार टिमसँगको विजयसँगै राष्ट्रिय टोलीले हङ्कङबिरुद्ध लगातार दोश्रो जित हासिल गर्यो ।
पहिलो मैत्रीपूर्ण खेलमा हङ्कङलाई ३/२ को सेटमा पराजित गरेको नेपालले दोश्रो खेलमा ३/१ ले जित हाँसिल गर्यो । हङ्कङपछि नेपाली टोली मकाउको राष्ट्रिय टोलीसँग पनि खेल्ने कार्यक्रम रहको छ ।