साप्ताहिक संवाददाता
माघ १८, २०७४
दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सिइएस मेलामा सर्वाधिक ठूलो स्क्रिनयुक्त टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो सेट १ सय ४६ इन्चको छ ।
ठूलो बैठक कोठा, सार्वजनिक स्थल तथा व्यापारिक मिटिङ हलका लागि उपयुक्त यो सेट माइक्रोलिड टेक्सोलोजीमा आधारित छ । सामसुङले यसको मूल्य भने सार्वजनिक गरेको छैन ।
यद्यपि निकट भविष्यमा योभन्दा ठूलो सेट सार्वजनिक गर्ने कुरा भने बताइसकेको छ ।