साप्ताहिक संवाददाता
प्रणय दिवस नजिकिदै गर्दा युवायुवतीहरुले विभिन्न योजनाहरु बनाईरहेका छन् । मान्छेहरुले आफ्नो पृष्ठभूमी अनुसार प्रणय दिवसका योजनाहरु बनाउने गरेका छन् । त्यसै अनुरुप मनाउने गरेका छन् । प्रणय दिवस आउन १५ दिन बाँकी हुँदा गायक हेमन्त शर्माले भने एउटा प्रेमील गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
‘जीन्दगी’बोलको सार्वजनिक गीतमा गायक शर्माकै शब्द बि.बि. अनुरागीको संगीत र संगीतसंयोजन रहेको छ । सार्वजनिक गीतको म्यूजिक भिडियोमा एक समयका चर्चित अभिनेता धिरेन शाक्य देखा परेका छन् । धिरेनका साथमा बिष्णु चेम्जोङले जोडीका रुपमा स्क्रिन शेयर गरेकी छिन् ।
बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतको भिडियोलाई स्वप्निल लिम्बु र अजय रेग्मीले खिचेका हुन् । एस गुरुङको निर्देशनमा बनेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।
जिन्दगीको म्यूजिक भिडियो :